थ्याङबो हिउँताल फुटले दिएको सन्देश

गत साउन ३२ गते सोलुखुम्बुको थ्याङबो हिम ताल फुटेको छ । हिमताल फुटेर माथिबाट लेदो सहित आएको बाढीले खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ थामेका १५ घर पूर्णरुपमा क्षति पु¥याएको छ भने १० घरमा आंशिक क्षतिभएको छ । दिउँसोको समयमा बाढी आएकाले मानवीय क्षति भने हुन पाएन । नेपालमा हिउँ तालहरु फुुटको जोखिममा रहेका छन् । यी तालहरु फुटेमा मानव वस्तीलाई निकै जोखिम हुनुका साथै पर्यावरणीय संकट निम्तन सक्ने देखाउँछ । हिउँ ताल फुटने क्रम जारी छ ।विश्वमा बढ्दो तापमानका कारण विश्वको सर्वोच्चशिखर सगरमाथा सहित नेपालको हिमाली भेग काला पत्थरमा परिणत हुँदै छन् ।
यसले उच्चस्थानमा रहेका हिउँ तालहरुमा जम्मा हुने पानीको सतह निरन्तररुपमा बढिरहेको छ । पानीको सतह बढेर फुट्ने जोखिममा रहेका हिमतालहरु साना ठूला गरेर धेरै रहेका छन् । थ्याङबो हिम ताल सानो हिमताल हो । यो हिमताल फुट्दा तटीय स्थानमा ठूलो क्षति हुन पुग्यो । नेपालमा रहेका २१ वटा हिमतालहरु फुट्ने जोखिममा रहेको केही वर्ष पहिले अन्तर्राष्ट्रिय संस्थाहरुले भनेका थिए । नेपाललाई असर गर्ने गरी नेपाल, तिब्बत र भारतमा रहेका ४७ वटा हिमतालहरु फुटने जोखिममा रहेका छन् । पर्यावरणवादीहरुले तथा नेपालको भौगर्भिक स्थितिको जानकारहरुले उच्च स्थानमा रहेको हिमतालहरु कुनै पनि बेला फुटन सक्ने भन्दै चेतावनी दिँदै आएका थिए ।२०६९ वैशाख २३ गते सेती नदीमा बेमौसमी भीषण बाढी आएको थियो । बाढीले त्यो बेला ठूलो क्षति पु¥याएको थियो । २८ जनाले ज्यान गुमाउनुका साथै ३० जना वेपत्ता भएका थिए । त्यो बाढीमा परी तल्लो तटीय क्षेत्रमा रहेका स्थानहरुमा निकै असर गरेको थियो । माथि हिमाली भेगमा हिउँ पहिरो गएकाले त्यो बाढी आएको थियो ।
अहिले प्रकृतिको दोहन निरन्तर रुपमा चलिरहेको छ । प्राकृतिक रुपले बस्न जोखिमयुक्त स्थानहरुमा पनि मानव वस्ती बसाउने काम जारी रहेको छ । खोलानाला ताल तलैयाहरुको अत्यधिक अतिक्रमण बढिरहेको छ । प्राकृतिक रुपमा बगिरहेका खोलानालाहरुको बहने बाटो समेतलाई साँगु¥याउने र जमिन अतिक्रमण गर्ने क्रम बढिरहेको छ । यसले मानव बस्तीलाई जोखिम बढिरहेको छ । त्यो मात्रै होईन हिमाली भेगमा रहेका हिमतालहरु निकै जोखिमयुक्त अवस्थामा रहेका छन् । विश्वमा बढिरहेको तापमानको कारणले हिमाली स्थानहरु पग्लिनै रहेका छन् । हिमतालहरु फुटने, हिम पहिरोहरु जाने तथा हिमबाढी जाने जोखिम बढिरहेको छ ।जोखिममा रहेका हिमतालहरु फुटेर कतिबेला के मानवीय क्षति हुने हो भन्ने चिन्ता बढेको छ । सानो हिमताल फुटले पनि तल्लो स्थानमा क्षति गराइरहेका छन् । तर ठूला हिमतालहरु फुटले निकै असर गर्ने छ ।
नेपालमा बढ्दो हिमताल फुट्ने ,हिम पहिरो जाने विषयमा सरकारले विश्वस्तरमा जानकारी गराउनु पर्दछ । मानवीय क्रियाकलापले निम्तिएको पर्यावरणीय संकट र यसले नेपालमाथि गरेको असरको बारेमा अन्तर्राष्ट्रिय जगतमा जानकारी गरानु पर्दछ । पर्यावरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरुको पालना गर्न सचेत गराउनु पर्दछ । पृथ्वीमा तापमान बढ्नुलाई नेपाल एक्लैले समाधान गर्न सक्ने कुरा होईन । हिमशिखर तथा तालहरुको संरक्षण गर्न विश्व जगत नै सचेत हुनु पर्दछ । हिमशिखरहरु पग्लिनु र हिमतालहरु बढ्नु हिमाली क्षेत्र नै मरभूमिकरण हुने संकेत हो । यसले प्राकृतिक तथा जैविक विविधतामा ठूलो असर पार्ने छ ।
हिमताल जोगाउन सम्भव स्थानहरुमा तटबन्ध गर्नुपर्छ । हिमतालका छेउ छाउमा बस्ती बसाउनु हुँदैन । हिमतालहरुको बारेमा सबै जनतालाई सचेत पार्नु पर्दछ । सरकारले दीर्घकालीन योजना बनाएर हिमाल जोगाउँ अभियान सञ्चालन गर्नु पर्दछ । हिमताल फुट्ने कुरालाई केवल एक प्राकृतिक विपदको रुपमा मात्रै नलिएर गम्भीर रुपमा लिनु पर्दछ । सरकार हिमताल जोगाउन र तल्लो तटीय स्थानमा रहेको धनजनको सुरक्षा गर्न ध्यान दिनु पर्दछ । हिमताल फुट्ने उच्च जोखिम भएका स्थानका नदी तटीय क्षेत्रमा ताल फुटेमा पूर्व जानकारी गराउने शाइरनको व्यवस्था गर्नु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित