मुक्तिको बाटो खोजौं आफ्नै देशमा

– मिना वि.क.

(तीज गीत)
(१) उठ दिदी जुटौ बहिनी यो सालको तीजमा
उपस्थिति सबैलाई स्वागत बरिलै ।

२) क्रान्तिकारी एकजुट भई देशको मुहार फेरौला
महिला मुक्ति आन्दोलनको गीत सुनौला

३) एकताको झण्डालाई सिखरमा फहराँउ
महिलाहरु एकजुट भई अघि बढाउँ

४) महिलाहरु एकजुट नभई मुक्ति हाम्लाई पाइँदैन
संसदीय दलाल व्यवस्था देशमा चाहिँदैन

५) महिलाहरु हामी पनि संगठित बन्दैछौ
पुरुष प्रदान समाजलाई ध्वस्त पार्नेछौ

६) एकता समाज सबको लागि आकासको तारा हो
सबै मिली यो संगठनमा जुटन पर्ने भो

७) युवा सबै विदेश गए देशपुरै रित्तो भो
भ्रष्टाचारी दलालले देशै वर्वाद भो

८) विदेश नजाउ युवाहरु बसौ यही माटोमा
महिला पुरुष एकजुट बनौ त्यही बाटोमा

९) कति बस्छौ दिदीबहिनी अर्काको देशमा
मुक्ति पाउने बाटो खोजौँ आफनै देशमा ।

(महिला विभाग नगर सचिव, बेङ्गलोर )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित