–किशोर शर्मा, चेन्नै
(तीज गीत )
फलोस् फुलोस् हाम्रो देश स्वच्छ हाम्रो भावना –२
एकासी साल तीजको शुभकामना
दुई तिहाइको सरकारले के गरेर बस्दै छ –२
देश पुरै भ्रष्टाचारको अड्डा जस्तै छ ।
दुईतिहाइ सरकार भन्नु पनि कागजी बाघ रहेछ–२
बंगलादेशमा हसिनाको बेहाल भएछ
निर्धालाइ मात्रै खाली अन्याय र दमन किन–२
ज्वालामुखी फुट्यो भने रोक्न सकिन्न
जनताको अजय शक्ति केही हैन भन ठान्नेलाइ–२
क्षण भरमै बगाइ दिन्छ मै हुम भन्नेलाई
शरणार्थी बन्धुको गठबन्धन नबन्दै–२
भ्रष्टाचारी बचाउन थाल्यो नभन्दै
विद्युत प्रधिकरणको माफियाकरण–२
हटाई छाड्ने कुलमानले गरे प्रण
लोडशेडिङ हटाएका कुलमान घिसिङलाई– २
यो सरकारले मुख्य तारो बनाई हालो बाइ
कसरी यो संस्था मुनाफामा उभियो नी–२
दलाल अनि माफियाको टाउको दुख्यो नी
महानगरले न्युरोड पेटी बढाउन लाइ हाल्यो–२
यसमा पनि ओलीको मुटु खाइहाल्यो
युवालाई बनाउन उद्यमशील र स्वरोजगार–२
जन्माए महावीरले राष्ट्रिय आविस्कार
बन्द कारखाना खोल्न व्यक्ति अघि स¥या छ– २
वैज्ञानिक पुन रोडमा नाँच्दै हिड्नु प¥या छ
लाजसरम कुन चरी हो नजनतालाई टेर्याछन–२
डेढ वर्षमा पाँच÷छ पटक सरकार फेर्याछन
देशै खोक्रो पारी छाडी भ्रष्टाचारी पुस्ताले–२
सत्ता पाए देशै दाउमा लाउँछन यस्ताले
पाँच वर्ष पुराना फाइल गर्न हुन्न तान तुन–२
सधैंलाई बन्द गर्ने ल्याउँदै कानुन
इतिहाँसबाट पाठ सिकेमा पक्कै भलो गर्लानी २
नत्र भोलि कुना पसी रूनु पर्लानी
आज ताली मार्ने हात दुश्मनलाई फलाम २
यो गीतको अन्त्य भयो लाल सलाम

