- आविष्कार कला
ताराहरूको आन्दोलनबाट
सूर्योदयपछि
जगत् उज्यालो गराउने
पहिलो बैठकले नै मेटिदियो
करोडौं ताराहरूको उपस्थिति ।
यता शान्तिभूमिमा
राजनैतिक उपलब्धिबाट
देश र जनताको नाममा
सपथ खाएपछि
चौतर्फी अवमूल्यन हुन्छ
मातृभूमि र वीरहरूमाथि ।
निराश हुँदै
आकाशतर्फ फर्किएर जनहरूले
एकै स्वरमा भने–
’दिउँसो तारा नदेखिनु
प्राकृतिक नियम स्वीकार्य छ
अब स्वीकार्य छैन
इतिहासदेखिको लुट सत्ताको राजनीति ।।
Comments

