काठमाडौंमा पहिलो पटक चाइना फिल्मडे जनवरी९(पौष२५)मा आयोजना हुने

काठमाडौं, नेपाल र चीन बीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलो पटक चाइनाफिल्मडे आयोजना हुन गइरहेको छ।यो ऐतिहासिक कार्यक्रम ठमेलस्थित छायाँसेन्टर )क्यूएफएक्ससिनेमा) मा हुनेछ, जसले दुवै देशबीच आगामी दिनमा चलचित्र निर्माण,प्रवद्धन र सहकार्य हुने लक्ष्य राखिएको छ ।
चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ, र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी (एन्एफसीए )द्वारा संयुक्त रूपमा आयोजित योकार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिनेछ।चलचित्र प्रदर्शनपछि चलचित्रका निर्माता,निर्देशक र कलाकारहरुले दर्शकहरुसित अन्र्तक्रिया समेत गर्नेछन्। यसले सास्कृतिक आदानप्रदान समेत हुने जनाइएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित