प्रविधिको दुनियामा इनोभेटिभ घर

काठमाडौं ।ललितपुर बालकुकारी स्थित क्याथफोर्ड इन्टरनेसनल कलेजमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ अध्ययन गरिरहेका विक्रान्त र सोही क्याम्पसको विभिन्न तहमा अध्ययन गरिरहेका रिजन श्रेष्ठ, चेतबहादुर थापा, पंकज नेपाल, अभिषेक कुमार शाह, देव खड्का र लुम्निमा श्रेष्ठले इनोभेटिभ घर सुरुुवात गरेका हुन ।

नेपाली समाज प्रविधिको प्रयोग गर्ने कुरामा धेरै पछाडि परेको महसुस गरेको यो विद्यार्थी टिमले नेपालमा एउटा गैरनाफामुखी संस्था सञ्चालन गर्ने योजना बनायो ।नवीनतम् सोच, ऊर्जा र जाँगरले ओतप्रोत टिमको घरका रूपमा विकास गर्न खोजिएको संस्थाको नाम नै इनोभेटिभ घर हो।यही परियोजनाका साथ संस्था स्थापना त भयो तर उक्त टिमलाई संस्था सञ्चालन गर्ने प्रक्रियाको जानकारी थिएन । जसले गर्दा इनोभेटिभ घर नेपाललाई औपचारिक संस्थाका रूपमा स्थापना गर्न उक्त टिमले दुई वर्षसम्म सङ्घर्ष गर्नुपर्‍यो । त्यसपछि मात्र इनोभेटिभ घर नेपाल संस्थाका रूपमा विकास भएको थियो ।उनीहरूको यो परियोजनामा साथ दिन अन्य इन्जिनियरिङ कलेजका विद्यार्थीहरू पनि जोडिए । विस्तारै पोखरा, बिराटनगर जस्ता सहरबाट पनि विभिन्न मानिसहरू उनीहरूको परियोजनामा जोडिएका थिए ।

सुरुवाती चरणमा एकले अर्कालाई आफूले सिकेका कुरा सिकाउने प्लेटफर्मका रूपमा इनोभेटिभ घर नेपाललाई अगाडि बढाइयो । सिक्ने र सिकाउने काम अघि बढिरहँदा उनीहरूले विभिन्न उद्योगसँग सहकार्य गरेर विभिन्न प्रविधि नेपालमै विकास गर्ने योजना बनाएका थिए ।संस्थामा आएका विभिन्न मानिसहरूलाई उनीहरूले ड्रोन प्रविधि, थ्रीडी प्रिन्टिङ प्रविधि जस्ता विषयमा व्यवहारिक परीक्षण गरेर देखाउँथे ।

त्यसैबीच सन् २०१५ मा संस्था सुरु गर्ने टिम आआफ्नै बाध्यताले संस्थाबाट टाढिए । कोही विदेश गए । कोही नेपालमा नै नयाँ काम गर्ने प्रण गर्दै आफ्नै परियोजनामा काम गर्न थाले । त्यसपछि संस्था सम्हाल्ने जिम्मा विक्रान्तको काँधमा आयो । उनी सुरुवाती दिनदेखि अहिलेसम्म महासचिवका रूपमा इनोभिटभ घर नेपाललाई नेतृत्व गरिरहेका छन् ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित