युरोपभर डेटा सेन्टरको विरोधमा  प्रदर्शन

एम्स्टर्डम — युरोपभर डेटा सेन्टरको विरोधमा  प्रदर्शन भइरहेको छ । नेदरल्यान्ड्सको एम्स्टर्डड्ममा शुक्रबार प्रदर्शनकारीहरू माइक्रोसफ्टको नयाँ डेटा सेन्टर निर्माणस्थलमा प्रवेश गरेका छन् ।  केही प्रदर्शनकारीहरूले क्रेनमा चढेर आगो बालेका थिए  । ऊर्जाको अत्यधिक खपत गर्ने यी ठूला संरचनाहरूले पार्ने सामाजिक तथा वातावरणीय प्रभावको विरोध गर्दै प्रदर्शन भएको हो । 

‘हामी डेटा सेन्टर निर्माण भएको हेर्न चाहँदैनौँ । कसैलाई पनि यसको आवश्यकता छैन,’ आन्दोलनकारीहरुले भनेका छन् । निर्माण कार्य बन्द नभएसम्म आन्दोलन जारी राख्ने आन्दोलनकारीहरुले बताए । 

डच राजधानीमा भएको यो प्रदर्शनमा प्यालेस्टाइन समर्थकहरू पनि सामेल भएका थिए। डच प्रहरीले शुक्रबार साँझसम्म प्रदर्शनका क्रममा १५० देखि २०० जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । प्रवेश निषेध गरिएका क्षेत्रमा अनाधिकृत प्रवेश गरेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

डेटा सेन्टरहरूले अत्यधिक परिमाणमा कम्प्युटिङ पावर र पानी खपत गर्ने भएकाले विश्वभर त्यसको विरोध भइरहेको छ । अमेरिकामा संसदीय चुनावका क्रममा डेमोक्रेटिक पार्टीका उम्मेदवारहरुले यी मुद्दाहरु उठाएका थिए । उनीहरुले चुनावपछि डेटा सेन्टरहरूलाई नियमन गर्ने वाचा पनि गरेका थिए । अमेरिकी चुनावमा डेमाक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुबैमा बहुमत ल्याएको केही दिनभित्रै युरोपमा डेटा सेन्टरविरोधी प्रदर्शन सुरु भएको हो । 

आयोजकहरूका अनुसार आयरल्यान्ड, पोल्यान्ड, डेनमार्क, फिनल्यान्ड, स्पेन, इटाली, नेदरल्यान्ड्स, फ्रान्स ,जर्मनी,  बेलायतसहित १५ वटा युरोपेली देशहरूमाप्रदर्शन सुरु भएको हो 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित