गरिबी (कविता)

 

 

– करन दयाल

गरिबी कस्तो हुन्छ मैले झेलेको छु।                                                                                        भोकोपेटको दुखाइ अनुभव गरेको छु।
आफ्नै जिबनि कवितामा राखेको छु।
सत्य यथार्थ कविता मार्फत दिएको छु।

गरिब बस्ती साँचि छ मैले बोल्न पर्दैन।
तेताको संरचना यथार्थ छ देखाउन पर्दैन ।
अहिले पनि हेरे हुन्छ परिवर्तन भको छैन।
गाउको गरिब अवस्था भुल्न सकेको छैन।

म मात्रै नभएर पुरै गाउँ तडपिएको छ।
गरिबी को मारमा, छट्पटी रहेको छ।
यो गरिबी निस्तेज कहिले होला भको छ।
अझै त्यहि अवस्था हजारौंले झेल्नुपरेको छ।

त्यसबेलाको भोगाई नियालेर हेरेको छु।
बुदागत रूपमा त्यो काल खण्ड सम्झेको छु।
त्यसबेलाको संरचना आँकलन गरेको छु।
त्यो परिस्थिति आज आखामै राखेको छु।

बचपनमा झेल्नुपरेको दुःख याद आउँछ।
मकैरोटि सिस्नो साख मनभित्र छापिएको छ।
त्यो बेलाको कठिन अवस्था हृदयमै बस्छ।
भुल्नु चाहे पनि टलक्क आखामा आउछ ।

गएदिन याद आउदा आखाबाट आसु खस्छन।
पुराना दुखिका दिन हृदयमा घरगरि बस्छन् ।
आखामा डबलक्क आसुका पहाड खस्छन।
मुटुचिरिएर कलेजाको नौ दो एघार चिरा हुन्छन् ।

यो गरिबीमा म मात्र परेको होइन होला।
म जस्तै सर्वहारा गरिब अरू पनि धेरै होला।
देशै भरिका सर्वहारा गरिब पिडित धेरै होला।
देशमाथि रजाइँ गर्नेहरूलाई कुन्नि के था होला।

हजारौं बस्तीहरू गरिब हालतमा रहेका छन।
गरिब बस्तीहरूको बिकास कुल्चिएका छन।
गाउँ पाखा पखेराहरूले बिकाश मागेका छन।
गाउबस्ति रहेका जनता गरिबीको मारमा छन।

देशको ठुलोभाग ओगटेको गरिबको हालत हेर।
देशै भरि गरिबीको हव्वाहुरिको ख्याल गर्ने गर।
समयमै समस्या समाधान गर्ने तिरको चासो गर।
कुरा ब्याक्तीको होइन कुरा समग्र हो ख्याल गर।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित