श्यामबहादुर भावुकले “सिर्जनाको आधा आकाश” को गीत गाए

काठमाडौं । कवि श्यामबहादुर भावुक (खड्का) ले “सिर्जनाको आधा आकाश” शीर्षकको पुस्तक बजारमा ल्याएका छन् । विभिन्न जिल्लाका ५५ जना महिला लेखक, कलाकार, साहित्यकार तथा श्रष्टाहरुको जीवनी, साहित्यिक र सामाजिक योगदानलाई लोकभाकामा गीत बनाएर कवि भावुकले गीत बनाएर प्रकाशनमा ल्याएका छन् । नयाँ नयाँ काम गर्न रुचाउने भावुकले महिला स्रष्टाहरुको जीवनीलाई गीति लयमा प्रकाशन गरेर नेपाली साहित्यमा एउटा नौलो प्रयोग गरेका छन् । उनको यस प्रयोग, अथक मिहेनतलाई हार्दिक धन्यवाद दिनै पर्दछ ।
कवि भावुकले निम्न ५५ जना श्रष्टाहरुको गीत गाएका छन् ।
शान्ता मानवी (अर्घाखाँची), लिला राना (स्याङ्जा), रजनी ढकाल (स्याङ्जा), डा. कौशिला रिसाल (गोरखा), सरला रेग्मी (दाङ), निमा शाह (अछाम), गायत्री घर्तिमगर (रोल्पा), विमला डाँगी (रोल्पा), चरित्रा शाह (पूर्वी रुकुम), अनुपमा करारा (बर्दिया), सिता वि.क.(प्यूठान), सुमित्रा न्यौपाने (गुल्मी), कृष्णदेवी शर्मा श्रेष्ठ (पर्वत), गंगा आचार्य (पर्वत), मनु वि.क. (पाल्पा), कल्पना पौडेल (जिज्ञासु) (बागलुङ), हाल बाँके), छन्दिका घिमिरे (कास्की), ओमकुमारी बन्जरा (कास्की), दुर्गा किरण तिवारी (कास्की), अम्बिका भण्डारी (कास्की), सिता अधिकारी (कास्की), अनिता लामा (काभ्रे) जानुका भट्टराई बस्याल (काभ्रे), उर्मिला कोइराला (काभ्रे), रुवि सत्याल (काभ्रे) डा. सुषमा आचार्य (काठमाडौं), शिला पन्त (काठमाडौं), प्रा.डा. इन्दिरा जोशी (काठमाडौं), डा. उमा भण्डारी (काठमाडौं), डा. वीणा पौडेल (ललितपुर), प्रा.सुषमा मानन्धर (ललितपुर), देवकी तिमिल्सीना (सिन्धुपाल्चोक), सुमित्रा सुमी (रसुवा), प्रा.विन्दु कोइराला (सिन्धुली) , प्रा. जया पाठक (सिन्धुली), प्रशिद्धा शर्मा (सिन्धुली), दिव्यलक्ष्मी पोख्रेल (सिन्धुली), गंगा सुवेदी (मोरङ), शर्मिला खड्का दाहाल (सुनसरी), गंगा अभिलाषी (सुनसरी), विमला पोख्रेल (सुनसरी), कल्पना काफ्ले (धनकुटा), राधा कार्की (झापा), प्रा. सुमित्रा वाङ्देल चेली (इलाम), भगवती रोका भूमिका (खोटाङ), निर्मला बराल (खोटाङ), अम्बिका याम्फु अनमोल (संखुवासभा), कविता चापागाई (ताप्लेजुङ), सुनिता राई कन्दङवा, शान्ति शर्मा (लमजुङ), कल्पना अधिकारी भण्डारी (लमजुङ), भगवती पाण्डे (तनहँु), मीरा तिमिल्सीना (चितवन), गीता सेंढाई कंडेल (चितवन), विमला अधिकारी देवकोटा (चितवन) ।
भावुकले ३२ जिल्लाका ५५ जना महिला स्रष्टाको जीवनी, साहित्यिक र सामाजिक योगदानलाई गीत मार्फत् प्रकाशमा ल्याएका छन् । पुस्तकमा छापिएका हरेक व्यक्तिहरुको जीवनीलाई मजाले भाका हालेर गाउन मिल्दछ ।
यस पुस्तकको १२ पृष्ठ प्रि टेक्स्ट् र ३१७ पुष्ठ टेक्स्ट रहेको छ । त्यसरी जम्मा ३३९ पृष्ठको यस पुस्तक रहेको छ । कवि भावुकले प्रस्तुत पुस्तकका गीतहरुलाई आफ्नो फेसबुक पेजबाट स्वयंले गीत गाएर प्रचारमा ल्याउने काम समेत गर्दै आएका छन् । उनले यस भन्दा पहिले १५ वटा पुस्तक छपाएर बजारमा ल्याइसकेका थिए । अधुरो सपना (उपन्यास), सुन्तली हर्के (खण्डकाव्य), होसियार (कविता संग्रह), मौन खवरहरु (गजल संग्रह) सिर्जनानगर यात्रा (यात्राकाव्य) लगायतका उनका प्रकाशित कृतिहरु छन् । उनले रेडियो नेपाल र नेपाल टेलिभिजन लगायतका संचारमाध्यममा अन्तर्वार्ता दिइसकेका छन् । उनले भद्रकुमारी घले पुरस्कार लगायत एकदर्जन भन्दा बढी संस्थाबाट पुरस्कृत समेत भएका छन् । उनले स्वजन सन्देश, क्यान्सर स्वास्थ्य सन्देश, क्यान्सर सेवा समाज स्मारिकाको सम्पादन समेत गरेका छन् ।
भीमाकुमारी थापाले वीरेन्द्र बहुमुखी क्याम्पस चितवनबाट २०६८ मा श्यामबहादुर भावुकबारे शोधपत्र समेत लेखेकी छन् । भावुक ८ वटा भन्दा बढी गीत र भिडियोमा अभिनय समेत गरेका छन् । उनी विभिन्न साहित्यिक र सामाजिक संघ संस्थामा आबद्ध छन् । नेपालका ७० भन्दा बढी जिल्ला भ्रमण गरेका छन् । भारत, चीन, थाइल्याण्ड, दुबई, मलेसिया, इण्डोनेसियाको भ्रमण समेत गरेका छन् ।
प्रस्तुत पुस्तकमा केशवराज आमोदीले “सिर्जनाको आधा आकाश चाहार्दाको मिठो अनुभूति” शीर्षकमा मन्तव्य राखेका छन् । अकोश सुवेदीले प्रकाशकीय मन्तव्य राखेका छन् । हितप्रसाद उपाध्याय जनमाया सुवेदी साहित्य प्रतिष्ठानले प्रकाशन संस्थाको नाम दिइएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित