‘हिन्दू राष्ट्र’ को जीवाश्म

–मनीष आजाद
अनुः बलराम

भोलि जब ’हिन्दू राष्ट्रको जीवाश्म खोजी होला
हिन्दू राष्ट्रको निर्माण
महिलाहरूको नाङ्गो शरीरमाथि भएको थियो भन्ने थाहा पाएर
छक्क पर्लान
भविष्यका इतिहासकारहरू पनि
जीवाश्ममा
मन्दिरहरू र त्रिशूलका अवशेष त भेटिन्छन नै
ठूलो मात्रामा
महिलाहरूका नाङ्गो शरीरका अवशेष पनि भेटिने छन
एकदमै क्षत विक्षत ।
अझै पनि आँखाहरू ठिकठाक देखेर
ती आँखाहरूमा देखेर लाचारीको झलक
अनि देखेर
आँखाका कुनामा आँसु बगेको धर्को
इतिहासकारहरू छक्क पर्लान ।
त्यति बेला
इतिहासकारहरू अझ छक्क पर्ने छन
जब यी लाचार आँखाहरू
दृश्यावलोकन कुण्डलीमसमा बदलिने छन्
र त्यसको उतापट्टि
चल्न थाल्ने छ एउटा चलचित्र–
दुई वटा स्तन,एउटा योनी
अनि सल्बलाइरहेका सयौं हातहरू ।
इतिहासकारहरूका कान पाक्ने छन
जब तिनीहरूले
सयौं उन्मादी आवाजहरूले
एउटा निम्छरो आवाजलाई निमोठीरहेको सुन्ने छन ।
तर तिनीहरूले
अनुहार भने देख्ने छैनन्
“हिन्दू राष्ट्र” मा
अनुहारको जरुरी नै पो के छ र ।
नाङ्गी महिलाको छेवैमा पुरिने छ नाङ्गो सत्य
तर प्रमाण केही पनि हुने छैन
सबै कुरा क्षत विक्षत हुने छ ।
इतिहासकारहरू
क्षतविक्षत सत्यबाट बगिरहेको रगत
अझै पनि तातो देखेर
फेरि पनि छक्क पर्ने छन् ।
इतिहासकारहरूले
नाङ्गी महिला
र नाङ्गो सत्यका बीचको
साइँनो जब खोज्ने छन्
त्यत्रो शक्तिसाली “हिन्दू राष्ट्र“
यस्तो शर्मनाक मृत्यु कसरी मर्यो भनेर
त्यसपछि तिनीहरू फेरि छक्क पर्ने छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित