घाम, छाला र सनस्क्रिन

सह प्रा.डा. मधु ज्ञवाली
सूर्यबाट निस्किने हानिकारक किरणहरुको कारणले हुने क्षतिबाट छालालाई जोगाउन प्रयोग गरिने साधन नै सनस्क्रिन, सन ब्लक वा सनक्रिम हो । सूर्यबाट निस्किने ताप र प्रकाश हाम्रो लागि उपयोगी भए पनि पराबैजनी किरण छालाको लागि हानिकारक हुन्छन् । विभिन्न अध्ययनहरुका अनुसार जन–मानसमा घामको नराम्रो असर र यसबाट जोगिने उपायहरुबारे पर्याप्त ज्ञान नभएको देखिएको छ ।
-घामले छालामा पर्ने असरहरु
-छाला रातो हुनु, पोल्नु, डढ्नु।

-घमौरा आउनु।
-छालामा डाबर आउनु, चिलाउनु।
-काला दाग–धब्बा एवं चाया–पोतो आउनु।

-उमेरनपुग्दै छाला चाउरी पर्नु।
-छालाको क्यान्सर हुन।

घामबाट जोगिनैपर्ने व्यक्तिहरु
घामको किरणले एलर्जी हुने व्यक्ति ९जसको छालामा घाम पर्ने बित्तिकै चिलाउन थाल्छ।
घामले असर गर्ने छाला  लुपस जस्तै अन्य छालाको बाथ भएका व्यक्तिहरु।
छालामा कालो दाग-धब्बा, चाया(पोतो आदि समस्या भएका व्यक्तिहरु।
सेतो दुवी (पाण्डु रोग ) भएका व्यक्तिहरु।
घाममा बसेर काम गर्ने व्यक्तिहरु।
आफ्नो छालाको स्याहारप्रति संबेदनशील व्यक्तिहरु (प्राकृतिक रुपमा हुने बुढ्यौलीलाई रोक्न त सकिंदैन, तर उचित तरिकाले नियमित रुपमा सनस्क्रिनको प्रयोग गर्नाले अस्वभाविक वा उमेर नपुग्दै देखिने बुढ्यौलीका चिन्हहरुलाई चाँहि केहि हदसम्म रोक्न र फर्काउन पनि सकिन्छ)।
घामको असरबाट जोगिने उपायहरु

मध्यदिनको घाममा सकभर बाहिर ननिस्कनुहोस् ।
घाममा निस्किनै परे पुरा छाला ढाक्ने गरि लामो बाहुला भएको लुगा लगाउनुहोस् ।
सन ग्लासको प्रयोग गर्नुहोस् ।
घाममा जाँदा छाता ओढ्नुहोस् ।
फराकिलो घेरा भएको टोपी, छतरी वा ह्याट लगाउनुहोस् ।
सनस्क्रिनको प्रयोग गर्नुहोस् ।
सनस्क्रिन प्रयोग कसरी गर्नुपर्छ ?
घाम वाट जोगिनुको अलावा हरेक दिन उचित तरिकाले सनस्क्रिनको प्रयोग गरेमा सूर्यका किरणहरुले छालामा गर्ने असरलाई रोक्न सकिन्छ । हामी धेरैले जानेर वा लहैलहैमा सनस्क्रिन लगाईरहेका छौं । तर उचित र प्रभावकारी तरिकाले यसको प्रयोग नहुँदा यसबाट जति फाईदा हुनुपर्ने हो, त्यति फाइदा पाउन सकेका छैनौं । बिशेषगरि युवती र महिला माझ यो लोकप्रिय देखिए पनि वालक, महिला र पुरूष सबैले यसको प्रयोग गरेर फाइदा लिन सकिन्छ ।

कम्तिमा पनि पानी प्रतिरोधक सनस्क्रिन प्रयोग गर्नुपर्छ ।
पराबैजनी किरण ए र पराबैजनी किरण बी दुवैबाट बचाउने सनस्क्रिन प्रयोग गर्नुपर्छ ।
चिल्लो छाला भएको व्यक्तिले ध्बतभच दबकभम र सुख्खा छाला भएको व्यक्तिले ऋचभबm दबकभम सनस्क्रिन लगाउनु पर्छ ।
सूर्यको किरण छालामा पर्नु भन्दा १५(२० मिनेट अघि नै सनस्क्रिन लगाईसक्नुपर्छ । यो लगाउँदा नमाडीकन ‘दुधको तर’ जस्तै पत्र हुने गरि लगाउनुपर्छ ।
अनुहार र घाँटीको छालामा लगाउनको लागि करिब आधा चिया चम्चा सनस्क्रिन पर्याप्त हुन्छ ।
अनुहारबाहेक लुगाले नछोपेको सबै भाग जस्तैस् ओठ, कान, घाँटी, गर्दन, पाखुरा, आदिमा पनि सनस्क्रिन लगाउनुपर्छ ।
घाम नलागेको दिन (जस्तैबादल लागेको, पानी परेको दिन० मा पनि पराबैजनी किरण बादललाई पार गरेर पृथ्वीमा आउने भएकोले यस्तो बेलामा पनि सनस्क्रिन लगाउनुपर्छ ।घाममा बसेर गर्नुपर्ने काम जस्तै–खेति(किसानी, पौडी खेल्नु, हाइकिंगरट्रेकिंग गर्दै हुनुहुन्छ भने हरेक २२ घन्टा फरकमा सनस्क्रिन लगाउनुपर्छ ।

सुर्यको प्राकृतिक प्रकाश बाहेक कृत्रिम प्रकाश जस्तै स् एल ई डी, मोबाइल, कम्प्युटर आदिबाट निस्किने प्रकाशले पनि हाम्रो छालालाई असर पुर्याउने हुनाले यी साधनहरु प्रयोग गर्दा पनि आफ्नो छालालाई जोगाउनु पर्छ ।
जहिले पनि यो कुरा याद गर्नुहोस(कुनै पनि सनस्क्रिन हाम्रो छालालाई जोगाउन आफैमा पूर्ण रुपमा सक्षम हुँदैनन् । त्यसैले सनस्क्रिन सँगसंगै घामबाट जोगिने अन्य उपायहरु पनि अवलम्बन गर्नुपर्छ ।

(लेखक आरोग्य स्वास्थ्य सदन जाउलाखेलमा छाला (चर्म) तथा यौन रोग विशेषज्ञ हुनुहुन्छ

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित