जनसम्बन्ध विस्तार अभियानको २१ औं दिन कुन टोलीले के कार्यक्रम ग¥यो ?

काठमाण्डौ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । चैत्र २४ गते जनआन्दोलन दिवस, पत्रकार सम्मेलन, कोण सभा, भित्ते लेखन,जनभेट,पर्चा वितरण लगायतका कार्यक्रम सम्पन्न भएका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८१ चैत्र २४ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –

टोली नम्बर १
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल धनुषाले जनसम्बन्ध विस्तार अभियानको टोली नम्बर १ लाई महोत्तरीको रत्तौली भन्ने ठाउँमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महोत्तरीलाई हस्तान्तरण गर्‍यो । धनुषा जिल्ला सचिब नन्दकुमार झाले महोत्तरीका सचिव उपेन्द्र यादबलाई उक्त टोली हस्तान्तरण गर्नु भएको हो ।


अभियान टोलीले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नम्बर ८ टिक्लिया बजारमा ३५ औं जनाअन्दोलन दिवस मनाएको थियो । कार्यक्रमको अध्यक्षता पार्टीका १३ नम्बर ब्युरो सेक्रेटरी पि.बि.एम.राम नारायण सिंहले गर्नु भएकोथियो । कार्यक्रमका प्रमुख बक्ता पार्टीका स्थायी समिति सदस्य राम सिंह श्रीस र पि. बि. एम. अशोक लम्सालले जनआन्दोलन दिवस चैत्र २४ को महत्व माथि प्रकाश पार्नु भएको थियो । सहिद प्रति एकमिनेट मौन धारण गरिएको थियो । कार्यक्रमको सन्चालन पार्टीका महोत्तरी जिल्ला सचिब उपेन्द्र यादवले गर्नु भएको थियोे ।

अभियान टोलीले महोत्तरी जिल्लाको विर्ताचोकको हाट बजारमा एक कोण सभा सम्पन्न गरेको छ ।उक्त कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकी पि .बि .एम. शारदा महतले सम्बोधन गर्नु भएको थियो । कोण सभाको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महोत्तरी जिल्ला सचिव उपेन्द्र यादवले गर्नु भएको थियो। अर्को कोणसभा रामगोपालपुर नगरपालिका वडा नम्बर ५ रामगोपालपुरमा सम्पन्न भएको थियो । उक्त कोण सभालाई पि.बि .एम .रामनारायण सिंहले सम्बोधन गर्नु भएको थियो । कोण सभाको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महोत्तरी जिल्ला सचिव उपेन्द्र यादवले गर्नु भएको थियो। कोण सभा भएका सबै ठाउँँहरुमा अभियान टोेलीले पर्चा वितरण र भित्ते लेखन गरेको थियो ।

टोली नम्बर २
अभियानको एक्काइसौं दिन अर्थात् चैत्र २४ गते यो अभियान टोलीले पहिलो कार्यक्रम सिराहा जिल्ला गोलबजार न पा वडा नम्बर ६ सैनिक चोकमा कोणसभा गरेको छ । सभाको संचालन शोभा सेन्चुरीले गर्नुभएको थियोे । सभाको सम्बोधन कृष्ण देव सिंह दनुवारले गर्नुभएको थियोे ।

सिराहा गोलबजार नपा वडा नम्बर २ लालपुर चोकमा कोणसभा गरिएको छ । सभाको संचालन शोभा सेन्चुरीले गर्नुभएको हो । अभियानबारे बाबुराम सुवेदीले मन्तव्य राख्नुभएको हो । तेस्रो कोणसभा गोलबजार नपा वडा नम्बर ३ मुसर्निया मास्टर आखे चोकमा भयो । सभाको संचालन बाबुराम सुवेदीले गर्नुभएको हो । अभियानबारे गगनले प्रष्ट पार्नुभएको हो । गोलबजार ३ नम्बर भाङबारीमा बस्तिमा भेटघाट तथा छलफल गर्दै भित्तेलेखन गरिएको छ । सदाहरुको बस्तिमा पिडिसभा भएको छ । बस्तीका महिलाहरु, किसानहरु उपस्थिति भएर पार्टीको नेता कृष्णदेव सिंह दनुवारले उहाँहरुलाई प्रशिक्षण सहित सचेतना गराउदै जागरण गराइएको छ । चौथो कार्यक्रम विष्णुपुर गाउँपालिका १,विष्णुचोकमा कोणसभा सम्पन्न गरिएको छ । सभाको संचालन किसान नेता तथा पार्टीको केन्द्रिय सदस्य क्षेत्र बहादुर थापाले गर्नुभएको हो । सभाको सम्बोधन पार्टीको पि बि एवम् १३ नम्बर ब्यूरो इन्चार्ज कृष्ण देव सिंह दनुवारले गर्नुभएको हो । पाचौं कोणसभा कल्याणपुर न पा ११ कल्याणपुर बजारमा कोणसभा गरिएको छ । सभाको संचालन क्षेत्रबहादुर थापाले गर्नुभएको हो । सभाको सम्बोधन एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यलय सदस्य एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले राख्नुभएको हो ।

छैटौं कोणसभा कर्जन्हा न पा २, बन्दिपुर बजारमा कोणसभा सम्पन्न गरिएको छ । सभाको संचालन कृष्ण देव सिंह दनुवारले गर्नुभएको हो । सभाको सम्बोधन एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यलय सदस्य एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले राख्नुभएको हो । सातौं कार्यक्रम , सिराहा जिल्ला मिर्चैयाको कटारी चोकमा ३५ औं जनआन्दोलन दिवस मनाइएको छ । कार्यक्रमको संचालन मजदुर नेता एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य रंगवीर दोङले गर्नुभएको हो । जनआन्दोलन दिवस बारे र पार्टीको जनसम्बन्ध अभियान बारे पार्टीको केन्द्रिय सदस्य तथा किसान नेता क्षेत्र बहादुर थापाले मन्तव्य राख्नुभएको हो । बैकल्पिक पिपिएम एवम् १४ नम्बर ब्यूरो सचिव गगनले समेत जन आन्दोलनबारे मन्तव्य राख्नुभएको हो ।

टोली नम्बर ३
खलंगा बजारको ठाँटी बजारमा चियापान , काँले गाँउ र रावत गाँउमा वाल पेन्टिङ र व्यापक प्रचार वितरण भयो। त्यसपछि भेरी नगरपालिका १ को रिम्न बजारमा कोणसभा सम्पन्न भयो। कोणसभालाई अभियान टोली सदस्य तथा बैकल्पिक पिबिएम जितामित्र सुनारले सम्वोधन गर्नु भएको थियो। सञ्चालन जिल्ला सचिव कमरेड विरेन्द्र सुनार वरुणले गर्नु भएको थियो। बारकोट गाउँपालिका २ लिम्सा बजारमा कोणसभा सम्पन्न भयो। कोणसभालाई पार्टीका जिल्ला सचिव विरेन्द्र सुनार वरुणले सञ्चालन गर्नु भएको थियो। सम्बोधन अभियान टोली सदस्य तथा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य दिपक बिष्टले गर्नु भएको थियो। अभियान टोलीले लिम्सा बजारमा वाल पेन्टिङ र पर्चा वितरण व्यापक गरेको थियो।

 

कोणसभा पछि बारेकोट गाउँपालिकाका अध्यक्ष विरबहादुर गिरीसँग भेटघाट,छलफल गरेको छ। पार्टीको जनसम्बन्ध विस्तार अभियानको उद्देश्य र तात्कालिक राजनीतिको बारेमा अभियान टोली प्रमुख कृष्णराज पौडेलले विषय राख्नु भएको थियो। टोलीले गाँउपालिका बजेटको कार्यान्वयन, बजेट प्राथमिकता, त्यहाँको जनजीवन र स्थानीय सरकारको भूमिकाको बारेमा छलफल गरेको थियो। अभियान टोली चैत्र २४ साँझको बास बारेकोट गाँउपालिका ८ को सेवखोलामा वार्ड अध्यक्ष योगेन्द्र सिंहको घरमा बसेको थियो। टोलीले नालघाट हाइड्रोपावरको विषयमा र स्थानीय सरकारको भूमिकाको बारेमा छलफल गरेको थियो ।

 

टोली नं ४
अभियान टोलीले घोराही उपमहानगरपालिकाको रतनपुरमा बस्दै आउनु भएकी ,एक सय वर्ष उमेर पुग्नु भएकी क्रान्तिकारी कम्युष्टि पार्टी नेपालका महासचिव मोहन वैद्ध किरणकी आमा जानकी वैद्धलाई भेटघाट गरेको छ । घोराही स्थित मालाइन होटेलमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । अभियान टोली प्रमुख तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीले अभियानको महत्वबारे प्रकाश पार्नु भएको थियो । अभियान टोलीले दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सङ्ग भेटघाट गरेको छ । ऐतिहासिक जनआन्दोलन दिवस २४ चैत लाई घोराहीमा कोणसभा सम्पन्न गरी टोलीले मनाएको छ । वक्ताहरु स्थायी समिति सदस्य हेमन्त प्रकाश वली,पोलिटब्युरो सदस्य धनेश्वर पोख्रेल हुनुहुन्थ्यो । कार्यक्रर्म सञ्चालक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दाङ जिल्ला सचिवालय सदस्य तिलक बि क हुनुहुन्थ्यो ।


घोराहीको ग्रामीण बजारहरु रामपुरमा सञ्चालन इश्वरी प्रसाद गैरे मन्तब्य सचिालय सदस्य तिलक बिक र सिमलतारा बजारमा सञ्चालन इश्वरी प्रसाद गैरे , मन्तब्य धनेश्वर पोख्रेलले राख्नु भएको थियो ।

( नोट ः यो समाचार अभियान टोली नं. १ बाट राम सिंह श्रीस, टोली नं. २ बाट शोभा सेन्चुरी, टोली नं. ३ बाट जितामित्र सुनार र टोली नं. ४ बाट ईश्वरी गैरेको सहयोगमा तयार गरिएको हो । )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित