काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८१ चैत्र २७ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –
टोली नं ः१
यो अभियान टोली महोत्तरी जिल्लाको कार्यक्रम सम्पन्न गरेर सर्लाही जिल्लामा प्रवेश गरेको छ । अभियान टोलीले सर्लाहीको बरुदपुरमा केन्द्ीय टोलीलाई महोत्तरी जिल्ला पार्टीले विदाइ ग¥यो र सर्लाही जिल्ला पार्टिले स्वागत गरेको छ ।महोत्तरी जिल्ला सचिव उपेन्द्र यादवले सर्लाही जल्ला सचिव सन्ध्या प्रधानलाई केन्द्रीइ टिम हस्तान्त्ररण गर्नु भयो । यो अभियान टोललिे चैत्र २७ गते दिन भरिमा चार ओटा कोण सभा सम्पन्न गरेको छ ।
पहिलो कोण सभा –
सर्लाही जिल्लाको बरुदपुरमा कोण सभा सम्पन्न भएको उक्त कोण सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य कृष्ण देवसिङ दनुवारले सम्बोधन गर्नु भएको थियो ।उक्त कोण सभाको सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टीनेपालका सर्लाही जिल्ला सचिव सन्ध्या प्रधानले गर्नु भएको थियो ।
दोस्रो कोण सभा –
सर्लाही जिल्लाको दुमरिया धनकौल चोकमा कोण सभा सम्पन्न भएको छ । उक्त कोण सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामासिङ श्रीस, पोलिटव्यूरो सदस्य कृष्ण देवसिङ दनुवार र सर्लाही जिल्ला सदस्य कृष्णदेव शर्माले सम्बोधन गर्नु भएको थियो ।उक्त कोण सभाको सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सर्लाही जिल्ला सचिव सन्ध्या प्रधानले गर्नु भएको थियो ।
तेस्रो कोण सभा –
सर्लाही जिल्लाको सोइनाहा बजारमा कोण सभा सम्पन्न भएको छ । उक्त कोण सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय नेता तथा मजदुर मोर्चाका संयोजक इश्वर तिमिल्सिनाले सम्बोधन गर्नु भएको थियो । उक्त कोण सभाको सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सर्लाही जिल्ला सचिव सन्ध्या प्रधानले गर्नु भएको थियो ।
चौथो कोण सभा –
सर्लाही जिल्लाको चौलिखा बजारमा कोण सभा सम्पन्न भएको छ । उक्त कोण सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिट व्यूरो सदस्य कृष्णदेव दनुवारले सम्बोधन गर्नु भयो । सभाको सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सर्लाही जिल्ला सचिव सन्ध्या प्रधानले गर्नु भएको थियो । कोण सभा भएका सबै स्थानहरुमा पर्चा वितरणका साथै व्यापक भित्तेलेखन कार्य भएको छ ।


टोली नं २ ः
अभियानको चौबिस औ दिन अर्थात चैत्र २७ गते बिहान मोलुङ १ बाट हिडेर रामपुर पुगियो । साइटरको उकालो चड्दै रामपुर पुगेर खाना खाइयो । ओखलढुंगा मोलुङ वडा नम्बर १, रामपुर बजारमा र्याली गरे पश्चात् कोणसभा गरिएको छ । सभाको संचालन एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यलय सदस्य शोभा सेन्चुरीले गर्नुभएको हो । सभाको सम्बोधन पार्टी केन्द्रिय सदस्य बालकृष्ण राई र किसान नेता एवम् पार्टीको केन्द्रिय सदस्य क्षेत्र बहादुर थापाले गर्नुभएको हो ।

टोली नं .३
अभियान टोलीले विहान पैदल यात्राको क्रममा पाटुखोलामा बनेको २ सय ३७ मिटर लामो खलंगा बजार र सल्ले एयर पोर्ट जोड्ने भाईरल पुलको अवलोकन गर्यो । बिहानै ८ बजे जिल्ला प्रशासन कार्यालय रुकुम ९पश्चिम०मा पुगेको थियो। जिल्ला प्रशासन अधिकृत लोक बहादुर जी. सी.सँग देशको वर्तमान अवस्था र जनसम्बन्ध विस्तार अभियानको उद्देश्यका बारेमा अभियान टोली प्रमुख तथा पार्टीका स्थाई समिति सदस्य कृष्णराज पौडेलले विषय राख्नु भएको थियो। जिल्लाको समग्र अवस्थाको बारेमा जिल्ला प्रशासन अधिकृत लोक बहादुर जी सीले अभियान टोलीलाई जानकारी गराउनु भएको थियो।
होटेल शिसिरमा ९ बजे पत्रकार भेटघाटमा कार्यक्रम सम्पन्न भएको थियो। पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला सचिव मोतिराम खड्काले गर्नु भएको थियो। प्रमुख अतिथि स्थाई समिति सदस्य कृष्णराज पौडेलले विषय वस्तु राख्नु भएको थियो। पत्रकारहरुले उठाएको प्रश्न र जिज्ञासाको जवाफ प्रमुख अतिथि कृष्णराज पौडेलले दिनु भएको थियो। कार्यक्रम को सहजीकरण अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले गर्नु भएको थियो।
रुकुमको मुसिकोट नगरपालिका –१ खलंगा बजारको पुष्पलाल चोकमा कोणसभा सम्पन्न भएको छ। दलाल संसदीय व्यवस्था मुर्दावाद ,जनसम्बन्ध विस्तार अभियान सफल पारौं ,, नयाँ जनवाद –वैज्ञानिक समाजवाद जिन्दावाद। जस्ता नारा जुलुस सहित कोणसभा सम्पन्न भएको थियो ।कार्यक्रमलाई सम्बोधन स्थाई समिति सदस्य कृष्णराज पौडेलले गर्नु भएको थियो । संसारको सुन्दर देश नेपाल लाई आज सत्ताधारीहरुले युवा बिहीन बनाउदै छन् । रेमिट्यान्सको भरमा देश चलाउने नेपाल सरकारले यति सुन्दर देशलाई युवा विहीन खण्डहरमा परिणत गर्दैछन्। आज नेपाली युवा मानसिकता घोर निराशमा परिणत भएको छ । यस्को जवाफदेहिता कस्को हो ? यो गम्भीर प्रश्न को जवाफ यी दलहरूले दिनु पर्छ कि पर्दैन ? मलाई लाग्दछ दलहरूसँग यस्को जवाफ छैन। दलहरु लुटतन्त्रमा व्यस्थ छन् भन्नु भयो। कार्यक्रममा कलाकारहरुले नृत्य प्रस्तु गर्नुकासाथै अखिल नेपाल जनसांस्कृतिक महासङ्घका सहसंयोजक नारायण योगीले गीत गाउनु भएको थियो। सञ्चालन अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले गर्नु भएको थियो।
रुकुम (पूर्व) को सदरमुकाम सिस्ने गाँउपालिका ६ नम्बर वार्डको रुकुमकोटको छिप्रिदह चोकमा कोणसभा सम्पन्न भएको छ। कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम शेरबहादुर देउवाले सम्वोधन गर्नु भएको थियो। राजा आउ देश बचाउ भन्ने मान्छेहरूले चैत्र १५ गते आफ्नो चरित्र देखाएका छन्। पत्रकारलाई वन्दग बनाएर आगो लगाउने र पसलहरु लुटपाट गर्ने उनीहरुको असली चरित्र हो। के यस्ता हर्कत गर्नेबाट देश बन्ला ?उहाँको प्रश्न थियो। अब एक चरण हामी एकता बद्ध हुन जरुरी र देशलाई अग्रगामी दिशामा अगाडि बढाउन सकियोस्। प्रतिगमन अबको निकास होईन जनगणतन्त्रको बाटोमा अगाडि बढ्ने आजको आवश्यकता हो भन्नु भयो। अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। अखिल नेपाल जनसांस्कृतिक महासङ्घका सहसंयोजक कमरेड नारायण योगीले गीत गाउनु भएको थियो।
अभियान टोली साँझको बास बस्न रोल्पाको थवाङ पुग्यो। थवाङमा साझ नै कोणसभा सम्पन्न गरेको थियो। कोणसभालाई अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कमरेड कृष्णराज पौडेलले सम्बोधन गर्नु भएको थियो। उहाँले भन्नु भयो, थवाङ गाँउ कम्युनिष्ट आन्दोलनमा एउटा अजम्बरी गाँउ हो। यो गाँउको ऐतिहासिकता नेपाल मात्र न भएर विश्व कम्यूनिष्ट आन्दोलनलको एउटा हिस्सा हुनुपर्ने र यो गाँउको अझ धेरै अध्ययन हुनुपर्ने बताउनु भयो। यो गाँउले २०३८ सालको पञ्चायतको चुनावमा पनि बाक्सा खाली बनाएर पञ्चायती व्यवस्थाको विरुद्धमा ठुलो संघर्ष गरेको बताउनु भयो। धेरै ठुला ठुला संघर्ष र युद्धमा होमिएको थवाङ गाँउको सपना अझै अधुरो भएको र नेताहरुले झुक्याएको थबाङ गाँउ अलमलमा न परिकन क्रान्तिकारी शक्तिहरूसँग सहकार्य गर्न न हिच्किचाउन आवहान गर्नु भयो। कोणसभालाई अर्का बक्ता ४ नम्बर व्यूरो सचिव तथा वैकल्पिक पिबिएम निरज केसी ९ समिर ० ले पनि सम्बोधन गर्नु भएको थियो। सञ्चालन रुकुम जिल्ला सचिव मोतिराम खड्काले गर्नु भएको थियो भने कलाकारहरुले नृत्य प्रस्तुत गर्नुका साथै अभियान टोली सदस्य तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका सहसंयोजक नारायण योगीले गीत गाउनुभएको थियो।



टोली नं .४
अभियान टोलीले गौमुखी गाउँपालिकाको ठुलाबेसी बजारमा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य केबि गुरुङले सम्बोधन गर्नु भएको थियो भने केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला सचिव वीर बहादुर पुन मगरले कार्यक्रमको सन्चालन गर्नु भएको थियो ।
गौमुखी गाउँपालिका वडा नम्बर ५ खुङमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा अध्यक्ष बरुनध्वज मल्लको घरमा खाना खाने र स्थानीय सँग छलफल तथा भेटघाटको कार्यक्रम पनि सम्पन्न भएको छ ।
प्यूठान जिल्लामा व्यापक पर्चा वितरण र जाभेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
प्युठान नगरपालिकाको मरन्ठाना खरिबोट बजारमा अर्को कोणसभा सम्पन्न भएको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य शशिधर भण्डारीले सम्बोधन गर्नु भएको थियो भने केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला सचिव वीर बहादुर पुन मगरले कार्यक्रमको सन्चालन गर्नु भएको थियो । गौमुखी गाउँपालिका वडा नम्बर ५ खुङमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा अध्यक्ष बरुनध्वज मल्लको घरमा खाना खाने र स्थानीय सँग छलफल तथा भेटघाटको कार्यक्रम पनि सम्पन्न भएको छ ।


