बर्दिया जिल्लामा १३६औं मजदुर दिवस र जनसम्बन्ध विस्तार अभियान समापन कार्यक्रम

 

बर्दिया । क्रान्तिकारी कम्युनिष्ट पार्टी बर्दियाले १३६औं मजदुर दिवस र  जनसम्बन्ध विस्तार अभियान समापन कार्यक्रम बैशाख १८ गते अर्थात मई १ का दिन भव्यताका साथ सम्पन्न गरेको छ । पिटीको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यक्रममा प्रमुख अथिति ३ नं ब्युरो सेक्रेटरी दिपक शाही ( प्रकाश उर्जा ) रहनु भएको थियो । अथितिहरुमा पार्टी केन्द्रीय सदस्य तथा क्रान्तिकारी युवा फेक्सन ईन्चार्ज कमल राज रोकाया, क्रान्तिकारी युवा का ३ नं ब्युरो सचिव दिपक अधिकारी ,मुस्लिम जिल्ला संयोजक नईन हस्मि, महिला नेतृ गिता रानाको हुनुहुन्थ्यो । कार्यक्रममा अतिथिहरुले देशको समसामकि विषय , संसारको मजदुर आन्दोलन तथा नेपाली कम्युनिष्ट तथा मजदुर आन्दोलनको बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो ।कार्यक्रमको सञ्चालन विनय रानाले गर्नुभएको थियो ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित