एन आइसी एसिया बैंक २८औं वर्षमा प्रवेश

 

काठमाण्डौ । एन आइसी एसिया बैंक २८औं वर्षमा प्रवेश गरेको छ । श्रावण २०८२ श्रावण ५ गते बैंकका सूचना अधिकारी अर्जुन राज खनियाले एक प्रेस विज्ञप्ति जारी गर्दै सो बैंकले २८औं वर्षमा प्रवेश गरेको जानकारी गराउनु भएको हो। यो अवसरमा बैंकले आजसम्मको उचाइ प्राप्त गर्नुमा समस्थ ग्राहक महानुभावहरु, नियामक निकायहरु ,शेयरधनी, महानुभावहरु, कर्मचारी लगायत सबै प्रति भन्यवाद दिइएको छ । विज्ञप्तिको पूर्णपाठ यसप्रकार छ – सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ २८वर्षअघि आजकै दिन शुरू भएको हाम्रो अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २८ औं वार्षिकोत्सव मनाउन गइरहेका छौं ।
यस दौरानमा हामीप्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको “बैंक पनि साथीपनि, राम्रो पनिहाम्रो पनि”बन्नअतुलनीय योगदानदिनुहुने हाम्रा समस्त ग्राहक महानुभावहरु, नियामक निकायहरू, शेयर धनी महानुभावहरू,

कर्मचारीहरू लगायतसम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुगृहीत रहँदैसादर नमन एवं धन्यवाद व्यक्तगर्न चाहन्छौं । आजसम्म आइपुग्दा नेपालको वित्तीय क्षेत्रमाजति योगदानगर्न सफलभएका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ । साथै, आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्रीतथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवाएवम् सुविधाहरु प्रदानगर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गर्दछौं ।
डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेकोमा हामी आफ्नो भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखाकार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहितशाखा सञ्जालबाट लाखौं ग्राहकमहानुभावहरुमाझगतिशील बैंकिङ्ग पार्टनरको रुपमाजोडिएका छौं । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्चआर्थिक वृद्धिमा टेवा पु¥याउनउत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्तबनाउँदै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथावित्तीय संस्थाहरूको उपस्थितिन्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखाविस्तार गरी निर्वाध रुपमा बैंकिङ्ग सेवा देशको कुनाकुनामा पु¥याउन हामी सफल भएका छौं ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित