मध्यपूर्वमा द्वन्द्वको इतिहास

गंगा खड्का
बेलायती उपनिवेस फिलिस्थानबाट छुट्टै यहुदी देश इजरायल बनाउनु पर्छ भनेर संयुक्त राष्ट्र संघमा १९४७ नोभेम्बर २९ प्रस्तावित गरिएको थियो । संयुक्त रास्ट्र संघ साधारण सभामा जम्मा ५६ देश सहभागी भएका थिए । पक्षमा ३३, विपक्षमा १३, तटस्थमा १० थिए । पक्षमा अमेरिका, सोभियत युनियन , क्यानडा, फ्रान्स ,अस्ट्रेलिया आदि देश थिए। हाइती र फिलिपिन्सले अन्तिममा मत परिवर्तन गरेका थिए । विपक्षमा भारत (यु के ) ,क्युबा , गिर्स , साउदी अर्ब , पाकिस्तान ,यमन ,लेबनान आदि थिए । तटस्थमा चिन , बेलायत , अर्जेन्तिना, युगान्डा आदि देशहरु थिए। शक्तिशाली देशको आडमा ३२% यहुदी जनसंख्या भएको ठाउमा १४ मे १९४८ मा इजरायल भन्ने नयाँ देश घोषणा भयो ।
राष्ट्र संघको फिलिस्तान टुक्रा पार्ने प्रस्तावको विपक्षमा थियो अरव जगत । इरानले त संयुक्त राष्ट्र संघको मतदान नै बहिष्कार गरेको थियो । जोर्डन ,सिरिया,इराक ,मिश्र लगायत देशले इजरायल माथि मे १५ देखि मार्च १० सम्म आक्रमण गरे । तर इजरायलको जित भयो। रास्ट्र संघले दिएको भूमि भन्दा धेरै इजरायलले कब्जा गर्यो । जोर्डनले वेस्ट बैंक र मिश्रले गाजा पट्टी फिलिस्थान भूमि कब्जा गरे। १९५७ मा बेलायत ,फ्रान्स र इजरायल ले मिश्रको सुजर नहर अधिग्रहण गरे । अन्तर्राष्ट्रिय दबाब परेपछि फिर्ता भए। १९६७ को जुन ५ देखि १० को युद्ध मा वेस्ट बैंक जोर्डनका, मिश्रको गजा पट्टी , गोलान हाइत सिरियाको र सिनाइ प्रायदिप मिश्र को इजरायलले कब्जा गर्यो ।
१९७३ मा मिश्रले र १९६७मा सिरियाले युद्ध को बेला गुमेको भूमि फिर्ता गर्ने उद्देश्यले यहुदीहरु महान दिन योम किप्पुरमा इजरायल माथि आक्रमण गर्यो तर ३ दिन मै बउनीहरुको आक्रमणबाट पछि हटायो इजरायलले। इजरायल सँग मिश्रले कुटनैतिक वार्ता मार्फत् सिनाइ फिर्ता गर्यो। यो युद्धमा अन्दाजी इजरायलको २८ सय मानवीय क्षति र अरब को १५ हजार मानवीय क्षति भएको अनुमान छ । यो बेला अरब देशको एकता देखियो । इजरायल समर्थन गर्ने देशलाई तेल रोक्दै अन्तर्राष्ट्रिय मूल्य वृद्धि गराए । रुसले सिरिया र मिश्रको समर्थन गर्यो र अमेरिकाले इजरायलको समर्थन गर्यो ।
इजरायलले लेबनानमाथि १९८२ मा आक्रमण ग¥यो त्यो आक्रमण गर्नुको प्रमुख उद्देश्य त्यहाँ प्यालेस्टानि मुक्ति संगठन क्रियाशील थियो। त्यो आक्रमणबाट त्यो मुक्ति संगठन पछि हट्न बाध्य भयो त्यस ठाउँमा नयाँ संगठन उदय भयो ।
प्यालेस्टाइनी मुक्तिमोर्चाको हार भएपछि त्यस ठाउँमा हिजबुल्ला नाम गरेको अर्को संगठन स्थापना भयो। त्यस संगठनले निरन्तर इजरायल विरुद्ध गृहयुद्ध सञ्चालन गर्यो र १८ वर्षसम्म
हिजबुल्लालाई इजरायल, अमेरिका, क्यानडा, युरोपियन युनियन र अरब लिगका अधिकांश देशहरुले आतंकवादी संगठनको रुपमा हेर्दछ भने यसलाई समर्थन गर्ने देशहरु इरान, सिरिया,रुस,कतार (केहि अंशमा ) छन् ।
१८ वर्षसम्म इजरायली सेना दक्षिण लेवनानमा रहेको छ। सन् १८८२ देखि सन् २००० सम्म इजरायली सेना दक्षिण लेबनानमा रह्यो। यसक्रममा प्यालेस्टानि मुक्ति संगठनको इजराली सेनासँग हार भएर पछाडि हटेपछि त्यहाँ अर्को संगठन निर्माण भयो ।
यो निर्माण भएको संगठन हिजबुल्ला हो । हिजबुल्लाले १८ वर्षसम्म दक्षिण लेवनानमा गुरिल्ला युद्ध सञ्चालन गर्यो गुरिला युद्धबाट इजरायली सेना हार खाएर सन् २००० मा त्यो सेना इजरायलमा फिर्ता भयो। त्यसपछि अहिलेसम्म हिजबुल्ला एक शक्तिशाली सेनाको रुप लेवनानमा मान्यता प्राप्त ग¥यो । इजरायलले २००६ मा लेबनान माथि आक्रमण ग¥यो । त्यो युद्ध ३४ दिन सम्म चल्यो । २३÷२४ मा पनि इजरायलले लेबनानमाथि आक्रमण ग¥यो । संयुक्त राष्ट्र संघको रोहवरमा रोबर युद्ध रोकियो ।
हमास भन्ने संगठन फिलिस्थानमा १९८७ मा स्थापना भयो। यो संगठनको मुख्य उद्देश्य भनेको इजरायली वा यहुदी राज्यको अन्त्य गरी त्यस स्थानमा मुश्लिम राज्य स्थापना गर्ने हो र यो संगठनले १९९० को दशकमा एक सैनिक संगठन निर्माण ग¥यो । यसले इजरायलमा आत्मघाती आक्रमण, गुरिल्ल्ल युद्ध, रकेट आक्रमण युद्ध रणनीति अपनायो । २००६ मा राजनीतिक रुपमा फिलिस्तानको विधान सभामा र गाजामा विजय हुन्छ । (२००८ –२००९अप्पेर्न कस्त लेद ) इजरायल ले गाजामा आक्रमण गर्छ, २०१४मा पनि गाजामा आक्रमण गर्छ। २०२३मा हमासले इजरायल माथि आक्रमण गर्छ । अहिलेसम्म आक्रमण जारी नै छ ।
मध्यपूर्वकको शक्तिशाली सैनिक संगठन भएको इस्लामिक संगठनहरू हिजबुल्ला र हमास हो । हिजबुल्लाको आधार क्षेत्र लेवनान हो भने हमासको आधार क्षेत्र फिलिस्तान हो। यिनीहरुलाई विभिन्न देशले आतंकवादी संगठनको रुपमा व्याख्या गरेको छ भने विभिन्न देशले यिनीहरुलाई राजनीतिक संगठनको रुपमा व्याख्या गरेका छन् । यिनीहरुलाई कतार, चीन जस्ता देशले राजनीतिक संगठनको रुपमा लिएका छन् । इजरायल, अमेरिका, क्यानाडा, युरोपियन युनियनहरू जस्ता देशले आतंकवादी संगठनको रुपमा व्याख्या गर्दछ र यस सम्बन्धमा साउदी अरब र युएई तटस्थ छन् । इरान, सिरिया, रुस, कतार पक्षमा (केहि अंशमा )छन् ।
१९४८ मा इजरायल यहुदी राज्य स्थापित भएपछि फिलिस्तानको ५.९ मिलियन मानिसहरू विस्थापित भएर शरणार्थी जीवन बिताइरहेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी समस्या हेर्ने एक संस्थाल जनाएको छ । १९४८ को युद्धमा ७ लाख फिलिस्थानीहरु देश छोडेका थिए । देश छोड्ने क्रम अहिलेसम्म छ ।
देश छोडेर शरणार्थी जीवन बिताउने फिलिस्तानीहरु अधिकांश धेरै मात्रामा जोर्डन, लेवनान, सिरिया, वेस्ट बैंक जस्ता ठाउँमा उनीहरुले शरणार्थी जीवन बिताइरहेको संयुक्त राष्ट्र संघको शरणार्थी हेर्ने वा फिलिस्तानी शरणार्थी हेर्ने संस्थाले उल्लेख्य गरेको छ ।
फिलिस्तानी शरणार्थीहरू जोर्डन, लेबनान, सिरिया, वेस्ट बैंक र गाँजापट्टि बसोबास गर्छन् । यिनीहरुलाई संयुक्त राष्ट्रसङ्घको शरणार्थी सम्बन्धी संस्थाले गाँस, बास, कपास प्रबन्ध गर्दछ ।
फिलिस्तानी शरणार्थीहरू संयुक्त राष्ट्रसङ्घको गलष्तभम लबतष्यल चभष्भिा बलम धयचप बनभलअथ ायच एबभिकतष्लभ चभागनभभ ष्ल लभबच भबकत संस्थाका ५८ वटा क्याम्पहरू रहेको छ । यसको गाँस, बास, कपास र शिक्षा संयुक्त राष्ट्र संघले सहयोग गर्दछ । यस क्षेत्रमा १९४८ देखि हालसम्म हाल ५. मिलियन शरणार्थीहरु बसोबास गर्दछन् यस बाहेक अन्य देशमा पनि शरणार्थीहरु बसोबास गर्दछन् ।
संयुक्त राष्ट्रसङ्घले गाँजापट्टिको समस्या समाधान गर्नको लागि छुट्टै संगठन निर्माण गरेको छ । यस बाहेक अन्य संगठनहरुमा अन्तर्राष्ट्रिय रेडक्रस, मानव अधिकार वा एमनेस्टी इन्टरनेसनल, इस्लामी रिलिफ सेफ द चिल्ड्रेन र दाता देशहरुमा युरोपियन युनियन, अमेरिका, जापान, बेलायत, जर्मन, क्यानडा, कतार, दुबई र साउदी अरब छन् । स्थानीय सरकारको रुपमा छिमेकी देशहरु मिश्र, जोर्डन, लेबनानले आर्थिक सहयोग गरेका छन् । २०२४ बाट अमेरिका र बेलायतले सहयोग बन्द गरेका छन् । युरोपन र अरब देश सहयोग बढाएका छन् ।
अरब, फिलिस्तान र इजरायल युद्धमा फिलिस्तानी र अरबपक्षको ९० हजारदेखि १ लाख मानिसहरू को मृत्यु भएको छ भने इजरायल पक्षको २५ हजार देखि ३० हजार मानिसहरूको मृत्यु भएको छ । १९४८ को १९६७ को ५ दिने युद्द र इजरायलको युद्ध पहिलो इन्तिफादयुद्ध दोस्रो इन्तिफादाको युद्ध गाजा द्वन्द्व २००८ र२००९ २०१४ को गाजा द्वन्द्व र २०२३ देखि अहिलेसम्मको द्वन्द्वमा ठूलो क्षति भयो ।

२०२३ देखि हालसम्म चलेको हमास र इजराइलको युद्धमा गाँजापट्टिको ३८ हजार भन्दा माथि मानिसहरूको हत्या घाइते ८७००० माथि छ । ८५%मानिसहरु शरणार्थी भएको छ । ७०% घरहरु ध्वस्त भएको छ । ७०% विद्यालयहरु ध्वस्त भएको छ । ३६ अस्पताल मध्ये २६ आकस्मिक र पूर्ण रुपमा ध्वस्त भएको छ । स्वास्थ्यकर्मीको ४९६ माथि हत्य भएको छ । खाद्यान्न अभाव छ । स्वास्थ्यकर्मीको अभाव छ ।
हमासले १२०० इजरायली जनताको हत्या गरेको छ । ३२३ गाजा युद्ध लड्न गएको इजरायलको मृत्यु भएको छ । ५३०० माथि घाइते भएको छन् ।
२५१ अपहरण भएको संख्या १४८ जना मानिस दुई पक्ष सम्झौताबाट फिर्ता ५६ जना मृतक ५० जना र अहिले हमासको बन्धक छन् । केहीको मृत्यु भइसकेको शंका छ ।
इजराइलमा फिलिस्तानी बीचमा शान्ति सम्झौताका प्रयासहरू त नभएका होइनन्, १९६९ मा डेविड सम्झौता भयो जसले मिश्र सिनाइलाई फिर्ता ग¥यो । अमेरिकाको मध्यस्थकर्ता १९९१ मा अमेरिका र रुसले मयड्कि सम्मेलन आयोजना गरेर शान्तिको लागि इजरायल र फिलिस्थानिलाई वार्ता गराएका थिए त्यो सफल हुन सकेन र पछि १९९३ देखि १९०५ बीचमा ओस्लो सम्झौता भयो।
ओस्लो सम्झौता अमेरिकामा भएको थियो । १९९३ देखि १९९५ मा इजराइलको तर्फबाट यित्जाक राबिन र शिमोन पेरेस विदेशमन्त्री र फिलिस्तिानी तर्फबाट यसर अराफतले हस्ताक्षर गरेका थिए । त्यस सम्झौतले सीमित रुपमा धभकत दबलप र गाजालाइ सत्ता दिएको थियो । जेरुसलाम ,बस्ति र फिलिस्तानी शरणार्थी समस्या समधान गरेको थिएन । दुवै पक्ष भित्र बिरोध र समर्थन थियो । १९९४मा नोबल शान्ति पुरस्कार इजरायलको प्रधानमन्त्री र विदेश मन्त्री सिमोन पेरसले प्राप्त गरे । फिलिस्तिानबाट प्लाइस्तान राष्ट्रिय मुक्ति मोर्चा नेता यासर अराफतले शान्ति पुरस्कार प्राप्त गरे ।
१९९५ नोभेम्बर ४ तारिखको दिन त्यहाँका प्रधानमन्त्री यित्जक राबिन हत्या गरियो । इगल आमिर नाम गरेको कानुनका विद्यार्थीले उनी कट्टर यहुदीपन्थी थिए र उनीले हत्या गरे । त्यसपछि १९४६ सम्म विदेशमन्त्री सिमोन इजरायलाका प्रधानमन्त्री कार्यवाहक प्रधानमन्त्री भए र १९९६ को चुनावमा सिमोनको दलले चुनाव हा¥यो । बेन्जामिन नेतानेहुको दल चुनाव जित्यो । नेतान्नेहु प्रधानमन्त्री भए । उनी दक्षिणपन्थी थिए । दक्षिणपन्थीहरु अस्लो सम्झौता विरोधी थियो । र फिलिस्तानमा हमास र केही मुस्लिम अस्लो सम्झौता विरोधमा थिए । अन्तिममा राबिन हत्या र नेतानहु उदयसँग त्यो सम्झौता कार्यान्वयन भएन । २००० बाट फिलिस्तानमा २ आन्दोलन सुरु भयो । २००७ मा गाजाको चुनावमा हमासको कब्जा भयो । यासेर अराफत रहस्यमय ढंगले २००४ मा फ्रान्सको १ हस्पिटलमा मुत्यु भयो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित