२० भदौ, काठमाडौं । अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिक लुहाइताओको उद्दार गरिएको छ । भोटेकोशीमा बाढी आएको ११ औं दिनपछि उनको उद्धार भएको हो। नेपाली सेनाले उनको तस्वीर सार्वजनिक गर्दै उद्धार गरेको जानकारी दिएको छ। उनलाई सुरुङको २२५ मिटरभित्रबाट उद्धार गरिएको हो।