अर्घाखाँचीमा देशको राजनीतिक परिस्थिति र निकासको प्रश्न विषयक अन्तरक्रिया

अर्घाखाँची ,२०८२ असोज २४ गते।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा देशको राजनीतिक परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम जिल्ला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्त बहादुरनेपालीले मुलुकको राजनीति गम्भीर परिस्थितिमा पुगेको जिकिर गर्नुभएको छअस्थिरराजनितिकअवस्थामागुज्रिएको नेपाल जेनजी पुस्ताको आन्दोलन पश्चातथप कमजोर अवस्थामा पुगेको उहाँको तर्क छ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अर्घाखाँचीले शुक्रबार सन्धिखर्कमाआयोजना गरेको देशको राजनितिक परिस्थिति र निकासको प्रश्न बिषयकअन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेता नेपालीले यस्तोबताउनुभएको हो ।विशम् परिस्थितिबाट मुलुकलाई राजनितिकका निम्ती सबै दल, जेनजी रराष्ट्रप्रेमी नेपालीहरुको एउटै मोर्चा बनाउनुपर्नेमा उहाँको जोड छ ।जेनजी पुस्ताको आन्दोलनले संसदीय तथा पँुजीवादी व्यवस्था असफल सिद्धगरेको भन्दै नेता नेपालीले जेनजीको आन्दोलनमा घुसपैठ भएको आरोप समेतलगाउनुभएको छ ।अमेरिका र भारत दुवै देशले आफ्नो स्वार्थ पुरा गर्न नेपालीयुवालाई प्रयोगगरि देश जलाउनु दुःखद भएको उहाँको तर्क छ । जेनजी पुस्ताले उठाएका मागजायज हुँदाहुँदैपनि प्रदर्शनमा अराष्ट्रवादी तत्वको चलखेलले देश गम्भिरस्थितिमा पुर्याएकोले त्यस्ता देशद्रोहि शक्तिको परास्तीमा तेरो या मेरोनभनि मोर्चाबन्दी गरि अगाडि बढ्नु अहिलेको आवश्यकता भएको नेता नेपालीकोधारणा रहेको छ ।जेनजी आन्दोलन पश्चात बनेको अन्तरिम सरकार पनि भारत र अमेरिकाको डिजाइनमाबनेको दाबी गर्दै नेता नेपालीले देशमा अर्को बिद्रोह हुन सक्नेतर्फ सबैसचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।कार्यक्रममा अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्रबस्याल,नेपाली कांग्रेस अर्घाखाँचीका उप–सभापति बिष्णु प्रसाद भुसाल, नेकपामाओवादी केन्द्रका नेता भेष बहादुर के।सी।, राष्ट्रिय स्वतन्त्र पार्टी
अर्घाखाँचीका सभापति हरी प्रसाद भुसाल, राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका कोषाध्यक्ष गोविन्द वि.सी. नेकपाका नेता बिजय सी र नेसपा नयाँशक्तिकानेता पुश्करनाथ आचार्यले सम्बोधन गर्नुभएको थियो ।यस्तै नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष रुद्रमणी भुसाल,लुम्विनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीका सदस्य गोपाल प्रसाद भट्टराई,अधिवक्ता के।वि।भुसाल, दलित अधिकार कर्मि बिष्णु परियार र इन्सेकअर्घाखाँचीका प्रतिनिधि कुल बहादुर नेपालीले पनि कार्यपत्रमाथि टिप्पणीगर्दै आफ्नो धारणा राख्नुभएको थियो ।वक्ताहरुले भाद्र २३ र २४ गते भएको आन्दोलन सुद्ध जेनजीको मात्र बन्न
नसक्नु दुःखद भएको बताएका छन् । आन्दोलनको नाममा टाउको ताकि ताकि गोलीहानेर ज्यान मार्ने र देशका सार्वभौम सम्पत्तिमाथि आगजनी गरेर ध्वस्तपार्ने दुवैपक्षलाई निष्पक्ष छानबिन गरि कार्बाहीको कष्टडीमा उभ्याउनुपर्नेमा उनीहरुको जोड रहेको छ ।जिल्ला राजेन्द्र नेपालीको अध्यक्षता, राम बसुको स्वागत मन्तव्य र अशोक थापाको संचालनमा सम्पन्न कार्यक्रममा ज्ञात अज्ञात शहीदहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो जिल्ला स्थित अन्य राजनैतिकदल, पत्रकार, नेपाल बार सहितका विभिन्न सामाजिक संघ÷संस्थाका प्रमुख एव्ंप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित