असोज ३, खगुलाल गुरूङको छैठौं स्मृति दिवस

काठमाडौं । असोज ३ गते प्यूठान जिल्लाको कम्युनिस्ट पार्टीका संस्थापकहरु मध्येका एक खगुलाल गुरूङको छैठौं स्मृति दिवस हो । गुरूङको १०४ वर्षको उमेरमा २०७८ असोज ३ गते निधन भएको थियो। उहाँ भारतीय सेनामा भर्ति भए पछि ६वर्षमै घायल पेन्सनमा नेपाल फर्कनुभएको थियो । राणा शासन विरुद्ध मुक्ति सेनाको कप्तान बनेर प्यूठान , सल्यान , लगायतकाठाउँहरु कब्जा गर्न अगुवाइ गर्नु भएको थियो।

२०१० सालमा प्यूठानको रातामाटामा सञ्चाचित ३ महिने जनता शिविरमा उहाँ शारीरिक प्रशिक्षक हुनुहुन्थ्यो । किसान आन्दोलनका बेला २०११ साल चैत्र २४ गते मोहन बिक्रम सिंह, नन्दलाल गुरुङ्ग, हेमराज शर्मा, सिद्धिमान जि.सी., रुमबहादुर पाण्डे संगै खगुलाल गुरूङ बाग्दुलाबाट गिरफ्तार पर्नुभएको थियो। ३ महिना सम्म प्यूठानको खलङ्गा जेलमा राखेको थियो । ३ जना मोहन बिक्रम सिंह,खगुलाल गुरूङ र हेमराज शर्मालाई २०१२ साल असारमा पाल्पा जेल सरुवा गरिएको थियो । १५ महिना पाल्पा जेल बसाई पछि सल्यान जेल सरुवा गरेर उहाँहरुलाई रिहा गरिएको थियो । मोहन विक्रम सिंहसित मिलेर रोल्पाको थबाङमा २०१३ सालमा कम्युनिस्ट पार्टी स्थापना गर्न उहाँको सक्रिय भूमिका रहेको थियो।२०१५ सालको प्रथम संसदीय निर्वाचनमा खगुलाल गुरूङ प्यूठानको ३ क्षेत्र मध्ये एक क्षेत्र ,क्षेत्र नम्बर ८४ बाट नेकपाका तर्फबाट उम्मेद्वार बन्नुभएको थियो ।

खगुलालको जन्म १९७५ भदौ २८ गते तत्कालीन बाग्लुङ जिल्लाको खरा (हाल प्युठान जिल्ला अन्तर्गतको गौमुखी गाउंपालिकामा पर्ने) मा भएको थियो । पछि उहांको बसाइँसराइ नारीकोट कोइरामा भएको थियो । बुबा नर बहादुर गुरुङ र आमा हस्तीदेवी गुरुङको साइलो सन्तानको रूपमा जन्मिनु भएको भएको थियो ।उत्तरी प्यूठानमा २००९ सालमा खगुलाल र नन्दलाल गुरुङको पहलमा अमृत जिवन मावि नारीकोटको स्थापना गरिएको थियो। पञ्चायतकालमा जनपक्षीय प्रतिनिधि कारुपमा काम गर्नु भयो । उहाँ जिल्ला विकास समिति प्यूठानमा सदस्यकोरुपमा रही काम गर्नु भयो । जनजाति संगठनर भूतपूर्व सैनिक संगठनमा पनि उहाँले योगदान पुराउनुभएको थियो ।

 

 

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित