काठमाडौं । आज मंसिर ११ गते ,सामाजिक सुरक्षा दिवस हो । नेपाल सरकारले विभिन्न कार्यक्रम गरी उक्त कार्यक्रम मनाउँदै छ । विसं २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गरेको थियो । विस २०७५ मङ्सिर ३ गतेको मन्त्रिपरिषद् बैठकले आजको दिनलाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । नेपालको संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ ।
Comments

