गिनिज बुढा
अहिलेको समयमा अत्याधिक उपभोग गर्ने प्रचलन एक सामाजिक समस्याका रुपमा देखा परेको छ । आफ्नो आवश्यकता नभई अनावश्यक सामाग्रीमा बढी भन्दा बढी खर्च गर्नुनै अत्याधिक उपभोग गर्नु हो । यो समस्या एक वा दुई जनामा मात्र नभएर सम्पुर्ण विश्वमा देखा परेको छ । जुन् प्रवृत्ती ले आफु सँग विभिन्न समस्या निम्त्याएको छ ।
यो समय यस्तो समय हो, जहाँ सामान्य व्यक्ति विज्ञापनले चारैतिर बाट घेरिएको हुन्छ । यो कुराले अत्याधिक उपभोगको प्रचलनलाई निकै प्रोत्साहन गर्ने गर्छ । “द लूप मार्केटिङ इन्क” (२०२५० अनुसार , औसत व्यक्ति प्रतिदिन ६००० देखि १०,००० सम्म विज्ञापनको सम्पर्कमा आँउछ । अत्याधिक विज्ञापनको सम्प्रेषणले वस्तुको खरिदमा उत्प्रेरणा मिल्नु स्वभाविक कुरा हो । बजारमा अहिले विज्ञान र प्रविधिको देनले हरेक क्षेत्रमा प्रयोग गर्न सकिने उपकरणहरु उपलब्ध छन् । सौन्दय, स्वास्थ्य, शिक्षा, जिवनशैली, घरेलु उपयोग, मनोरञ्जन आदि विभिन्न क्षेत्रका लागि नयाँ नयाँ उपकरणहरु उत्पादित हुने क्रम जारी छ ।
सौन्दर्य उद्योगलाई मात्र लिने हो भने पनि, विश्वव्यापी व्यवस्थापन परामर्श संस्था “ म्याकिन्सी एण्ड कम्पनी” को २०२५ को रिर्पोट अनुसार विश्वव्यापी सौन्दय उद्योगको मुल्य ४५० अर्ब अमेरिकी डलरको रहेको छ । यो तथ्याङ्कले के प्रष्ट पार्छ भने, सौन्दर्य उद्योग विश्वव्यापी रुपमा कति प्रख्यात छ । यो त केवल एक उदाहरण हो । बजारमा यस्ता अनेकौँ उत्पादनका क्षेत्रहरु छन् जसले मानिसको सुविधाकोलागि नयाँ सामाग्री तथा उपकरणहरु निरन्तर उत्पादन गरिरहेका छन् । तर यि कुरा गरिरहदा जागरुक हुने प्रश्न चाँहि के हो भने, “के बजारमा उपलब्ध हरेक वस्तु खरिद गर्न आवश्यक छ ?” अवश्यनै छैन तर किन अनावश्यक वस्तुको खरिदलाई प्रोतशाहन मिलिरहेको छ त ?
अहिलेको सन्दर्भ यस प्रश्नको उपयुक्त जवाफ “सामाजिक सञ्जाल र अनलाईन सपिङ” हो । सामाजिक सञ्जालले अनावश्यक खरिदीलाई प्रतक्ष्य रुपमा निकै प्रभाव पारेको छ । सामाजिक सञ्जालमा यदि कुनै टे«न्ड चल्तीमा छ भने व्यक्तिले त्यो टे«न्डमा भाग नलिएसम्म उसलाई सन्तुष्टि मिल्दैन । अङ्ग्रेजीमा यो भावलाई ‘फोमो’ भनिन्छ । जसको अर्थ फिअर अफ मिसिङ आउट हो । कुनै चलनचल्तीको कुरा गर्न नपाउँदा आफु पछाडी परेको जस्तो लाग्ने डरको भाव नै फोमो हो । यो कुराले अर्थतन्त्रमा ठुलो प्रभाव पार्छ । केही समय पहिलेको उदाहरण हेर्ने हो भने सामाजिक सञ्जालहरु टिकटक र इन्स्टाग्राममा “लबुबु डल” निकै प्रख्यात भएको थियो । यो डल आफैमा सामान्य भएपनि यसको मुल्य अमेरिकि ९ डलर बाट सुरु भएर १५०,००० पनि पुग्छ । विभिन्न चर्चित सेलेब्रेटिहरुले यो आफ्नो ब्यागमा टाँगेकोले गर्दा तुरुन्तै भाईरल बन्न पुग्यो । धेरै जनाले यसको खरिद गरे । जुन कुराको निकै विरोध तथा आलोचना पनि भयो । धेरै जनाको मत अनुसार, उक्त डल कुरुप र निकै महङ्गो भएतापनि खरिद गरिनु भनेको मुर्खता हो ।
यो केवल एउटा मात्र उदाहरण हो । यस्तो टे«न्ड सामाजिक सञ्जालमा दिनदिनै आउने, जाने गरि रह्नछन् । जसले देखावटी संस्कृतिलाई बढावा दिन्छ । अहिलेको समयमा व्यक्ति वास्तमै सम्पन्न हुनु भन्दा पनि आफु सम्पन्न छु भन्ने देखाउनमा तल्लिन छ । महङ्गो ब्रान्डको देखावटी गर्नु पनि निकै प्रख्यात टे«न्ड हो । जुन वस्तु किफायती मूल्यमा पाउन सकिन्छ, केवल ब्रान्डको नाममा त्यसको सयौँ गुना रकम तिर्न पनि मानिसहरु पछि पर्दैनन् ।
अनलाईन शपिङले गर्दा वस्तु भाउ खरिद गर्न झन् सजिलो भएको छ । मोबाईलको स्क्रीनको एक टचमा सजिलै सामाग्री किनमेल गर्न सकिन्छ । जसले अत्याधिक उपभोगको तिव्र विकासमा ठूलो भुमिका खेलेको छ ।
यो एउटा कहिल्यै समाप्त हुन नसक्ने “किनिराख र खर्च गरिराख” भन्ने चक्रव्यूह हो ।
अत्यधिक उपभोग गर्ने चलनलाई समस्या किन भनिएको हो भने, यो संग यसबाट हुने असरहरु पनि आउँछन् । त्यस अन्तर्गत सामाजिक, मानसिक, आर्थिक र वातावरणीय असरहरु आईपर्छन् । एउटा भनाई छ “यस अभूतपूर्ण उपभोगको लालसाले हामी सबैले भर पर्नु पर्ने प्राकृतिक प्रणालीहरुलाई कमजोर पार्दैछ र संसारभरका गरिब मानिसहरुको आधारभूत आवश्यकता पूरा गर्न अझ कठिन बनाई रहेको छ ।”
अत्यधिक उपभोगले पार्ने मानसिक प्रभाव
यो प्रवृति व्यक्तिको तनाव वा चिन्ता बढाउने गर्दछ । बढि उपभोगले सधैँ अरुसंग तुलना गर्ने मानसिकताको विकास गराउँछ जसले गर्दा असन्तुष्टि र डिप्रेसन पनि बढ्र्न सक्छ । उपभोगमा अत्यधिक ध्यान दिदा मानिसले सामाग्री, वस्तु वा ब्रान्डमा भावानात्मक निर्भरता विकास गर्न सक्छ । पहँुच नभएका व्यक्तिहरुमा यसको विकास भएमा तनाव झन् बढ्दै जान सक्छ । आर्थिक व्यवस्थापन नहुँदा मानसिक प्रभाव पर्न सक्छ ।
आर्थिक प्रभाव
धेरै उपभोग गर्ने व्यक्तिहरुले आपm्नो सम्पत्तिको ठूलो मात्रा खर्च गर्दा गरिब र मध्यम वर्गका मानिसहरुको आधारभूत आवश्यकता पु¥याउन गाह्रो हुन्छ । यो प्रवृति जीवनशैलीमा अत्यधिक किनमेल गराउने बानी बसाल्ने हुँदा मानिसहरुको ऋण बढ्ने समस्या हुन सक्छ । विशेषगरी नेपालमा धेरै मात्रामा सामाग्रीहरु विदेशबाट निर्यात हुने हुँदा त्यो भार राज्यले नै बोक्नुपर्ने हुन सक्छ । अत्यधिक उपभोग गर्ने भएपछि माग पनि अत्यधिक हुँदा सेवाको मूल्य वृद्धि गराउँछ । साथै ब्रान्डेड र विदेशी सामानको अत्यधिक मागका कारण स्थानीय उद्योग र साना व्यवसायहरुलाई असर पुग्न सक्छ जसले बेरोजगारीको दर बढाउन सक्छ ।
वातावरणीय प्रभाव
बढी उत्पादन र उपभोगले जंगल, पानी, खनिज र उर्जाका स्रोतहरु धेरै मात्रामा प्रयोग हुन्छ । जसले स्रोतहरु जोगाई राख्न गाह्रो पर्छ । निकै उत्पादन हुँदा फोहोर पनि बढ्छ त्यस संगै ढुवानी प्रकृयाका कारण हावा, पानि र माटोको प्रदुषण बढ्दै जान्छ ।
अधिकांश उपकरण र वस्तुभाउको निर्माण तथा प्याकेजिङमा प्लास्टिकको प्रयोग हुन्छ । प्लास्टिक निकै समय देखि वातावरणका लागि खतरा बन्दै आएको छ । प्लास्टिकका फोहोरहरु अन्तिममा समुद«मा मिसिने हुँदा सामुन्दि«क जीवनमा पनि यसले गहिरो असर पार्छ । जमिनमा पनि सबैतिर प्लास्टिकजन्य फोहोरको विगविगी हुनाले ‘माईक्रो प्लास्टिक’को जोखिम थप बढ्दै जान्छ । ‘माईक्रो प्लास्टिक’ लाई हामी आफ्नो नाङ्गो आँखाले देख्न सक्दैनौँ । प्लास्टिकका साना साना कणहरु पानि र जमिनमा मिसिने हुनाले प्लास्टिक हाम्रै खानामा पस्किएको पनि हुन सक्छ । यो स्वास्थ्य र वातावरणका लागि ठूलो खतराको विषय हो ।
प्लास्टिक मात्र नभएर बढी उत्पादन र उपभोगले कार्बनडाइअक्साइड र हरित गृह ग्यास उत्सर्जन बढाउँछ । जसले ग्लोबल वार्मिङ र मौसमिय अनियमिततालाई बढावा दिन्छ ।
अत्यधिक उत्पादनका लागि प्राकृतिक स्रोतको अत्याधिक प्रयोग हुन्छ । जसले जनावर र विविधता घटाउँछ । त्यति मात्र नभएर प्राकृतिक स्रोतको अत्यधिक प्रयोगले आर्थिक प्रणालीमा दीर्घकालिन दबाब पैदा गर्छ । किनभने स्रोतहरु सिमित हुन्छन् र भविष्यमा उत्पादन लागत बढ्छ । अहिलेको समयमा वातावरणमा देखिएका विभिन्न समस्याहरुको प्रमुख कारणनै अत्यधिक उपभोग र उत्पादन हो ।
यदि मैले अत्यधिक उपभोग गर्ने प्रचलनलाई प्रोत्साहन गर्छु भने म पनि वातावरणको प्रदुशणमा जवाफदेही रहन्छु । देखावटीपन, सुविधा, जीवनशैलीजस्ता कुराहरुका लागि हामीमा अत्यधिक उपभोग गर्ने चलन बढिरहेको छ । जुन् एक हिसाबले ‘कुलत’ हो । यो प्रचलनले केवल नकारात्मक प्रभावहरुलाई निम्त्याएको छ । उद्योग कलकारखाना जसले वस्तु उत्पादन गर्छन् देखि हामी जसले उपभोग गर्छौ, सबै आ–आफ्नो ठाउँमा जिम्मेवार छौँ । यो विषयमा विश्वव्यापी रुपमा जनचेतना हुनु आवश्यक छ ।

