स्थायी समिति सदस्य ओलीका बुवा हर्कसिङओली रहनुु भएन

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीका बुवा रुकुम पश्चिम त्रिवेणी ६ निवासी हर्कसिङ ओलीको ९२ वर्षको उमेरमा टिचिङ अस्पताल महाराजगञ्ञ्जमा असामयिक निधन भएको छ । ओलीको बिहान ११ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सिपी गजुरेल गौरवले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । हर्कसिङ ओलीका चार छोरी र एक छोरा हुन् । श्रद्धाञ्जली कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल तथा अन्य पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । संक्षिप्त दाहसंस्कार कार्यक्रममा हर्कसिङका एक मात्र छोरा हेमन्तप्रकाश ओलीले बुवा हर्क सिंङको परिचय सुनाउनुभएको थियो । ओलीका अनुसार वहाँको परिवार शुुरुमा गरिबीको अवस्थामा थियो पछि धेरै मिहेनत गरेपछि निम्न मध्यम वर्गको पारिवारिक अवस्था थियो । हर्कसिङ ओलीबाट सिक्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा वहाँले श्रमलाई अत्यन्त माया गर्नु हुन्थ्यो । उहाँले अन्तिम अवस्थामा पनि निकै मिहनेत गर्नु हुन्थ्यो । छोरा हेमन्त र छोराका साथीहरु जनार्दनलाई राजनैतिक कार्यमा लाग्दा वहाँले जहिलेपनि भन्ने गर्नुहुन्थ्यो “तिमीहरु राजनीति गरेर जति सुकै आकाशमा उड्ने भए पनि धर्तीमा उम्रेको चीज खानुपर्छ । ”वहाँको त्यस कुराले वहाँको कृषि कर्मप्रतिको गहिरो आस्थालाई बताउँथ्यो ।
कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिङ श्रीसले गर्नु भएको थियो । कार्यक्रममा महासचिव सिपी गजुरेल लगायत स्थायी समिति सदस्यहरु हरिभक्त कंडेल परि थापा ,सिताराम तामाङ,सन्तबहादुर नेपाली , इन्द्रमोहन सिग्देल ,कृष्ण पौडेल लगायत केन्द्रीय नेताहरु जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु नेकपा बहुमतका महासचिव धर्मेन्द्र वास्ताृला ,नेपाली कम्युुनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पíपकमल दाहाल प्रचण्ड ,नेपाल लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा नेकपा मसालका प्रवक्ता रामप्रकश पुरी लगायत नेता कार्यकर्ताका साथै आफन्ती ,इष्ट्रमित्रहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा हर्कसिङप्रति एक मिनेट मौन धारण पनि गरिएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित