विप्रेषण (रेमिट्यान्स)मा वृद्धि

काठमाण्डौ । चालू आर्थिक वर्षको ६ महिनामा विप्रेषण(रेमिट्यान्स) आप्रवाहमा वृद्धि राम्रोसँग भएको छ ।
विप्रेषण ३९.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण ४.२ प्रतिशतले बढेको थियो।
२०८२ पुस महिनामा मात्र १ खर्ब ९२ अर्ब ६२ करोड विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको पुस महिनामा विप्रेषण आप्रवाह १ खर्ब २२ अर्ब ४४ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ६ हजार ८०७ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९४ हजार ७३३ रहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित