बुद्धि गैरे
आमा हुन् धरती समान मनुमा वात्सल्य की सागर
हुर्कन्छन् बबुरा सबै जगतमा काखमा यिनैका भर
आमा साथ भए रूदैनन् शिशुले आधार यिन कै लिदै
दिन्छिन काख सुधा खुशी मन हुँदै पीडा भएमा कतै ।
आामाकै भरमा छ सृष्टि गतिमा दैवज्ञ नै ठान्दछु
मैनौ कोख दिने सहेर कसला देवी सरी मान्दछु
नानी बाबुहरू सुखी यदि भए आमा खुशी छन् सधै
आफ्ना साख दुःखी भए यदि भने बस्छिन् दुख कुर्दै
दिन्छिन् है जननी बुता दुख हुँदा कस्तै विपतमा अनि
शन्तान् ती बबुरा सधै दुखदमा आमा पुकार्छन् पनि
आमा छन् घरमा अहो यदि भने हुन्छन् उजेला घर
आमा साथ भए कदापि जगतमा लाग्दैन केही डर ।
सानो बाल छँदा हसाइ खुसले आमा सधै रम्दछिन्
हिंड्ने वाल हुँदा अहो रूचिलिदै ताते भनि हाँस्दछिन्
खाना खान सिकाउँदै जतनले को खाइ पो भन्दछिन्
आमा हुन पहिलो गुरू करुणले सन्सार हेराउँछिन्
माया मिल्छ सबै जगतका प्राणीहरूमा तर
आमाले जसरी पवित्र मनले कोही अरू दिन्छर?
भोको पेट रहेर क्वै दिनहरू पानी पिएकै भर
गर्छिन् कैयन काम हेर जननी सन्तानका खातिर ।
मिल्छन् साथ दिने तथा मन लिने बन्छन् दया सागर
निस्वार्थी जननी समान मनुमा मिल्दैन कोही तर।
आमा वृद्ध हुँदा अशक्त रहँदा सेवा गरौं धर्म हो
आमाको महिमा भुलेर कपटी बन्ने महा मुर्ख हो ।

