– टेकहरि न्यौपाने
पार्टीमा सुण्डमुण्डहरु हेर न कस्ता छन्
राष्ट्र र जनता ठग्न नेताहरु व्यस्त छन्
नीति नियमहरु हेर न कस्ता छन्
बाह्रै महिना जालझेल नेता यस्ता छन् ।
पागलप्रेमीलाई रक्सी अनि जुवातास खेल्न दे
शिवभक्त अनि गंजेडीलाई शिवशक्ति
सुन्नुहोस् प्रत्येक महिनामा गर्दछन् भाँतीभाँती
देशमा कार्यक्रमहरु हेर न कस्ता छन्
नेता भनाउँदाहरु मोजमस्ती मै व्यस्त छन् ।
फेरि होली आउँछ चैते दशैं आउँछ
बैशाखे सक्रान्ति आउँछ
जेठमा झन फुर्सद छैन
विदेशबाट छोरा बुहारी आउँछ
असारमा पार्टीको थुप्रै काम छ
नेताले दिनदिनै धाउन भन्छ
कार्यक्रमहरु हेर न कस्ता छन्
नेता र पार्टीहरु ताना तान मै व्यस्त छन् ।
साउनमा हिसावको क्लोजिङ भन्छ
जनतालाई थाहै छैन बजेट कता जान्छ
यहाँ अरब अनि खरबको हिसाव हुन्छ
ओपनिङ र क्लोजिङको त्यही जालो बुन्छ
कर्मचारीहरुले नकसैको सुन्छ
आ–आफ्नै फाइदामा कर्मचारी हुन्छ
नेता अनि पार्टीहरु खिचातान मै व्यस्त छन्
मुलुकमा हेर न कार्यक्रम कस्ता छन् ।
भदौरे महिनामा चोकचोकमा मिटिङ
भ्रष्टाचारीहरु भट्टीमा फिटिङ
बजेटै खाए देश कंगाल बनाए
कर्मचारी नेता संसार मै गनाए
यो पार्टी ऊ पार्टी दिनभरी प्रचार
जुन पार्टी आए नि गरेकै छन् भ्रष्टाचार
कार्यमक्रमहरु हेर न कस्ता छन्
देशै बेची खान नेताहरु व्यस्त छन् ।
असौजे महिना नेतालाई चैन
भोट दिने जनतालाई केही पनि छैन
नदेउन भोट भनेकै थियौँ
भनेको मानेनौ किन भोट दियौ
सम्झाउँदा हाम्ले दिन्छौं भोट भन्यौ
कस्ता रैछन् तिम्रा नेतालाई चिन्यौ
कर्मचारी नेता विदेश घुम्न व्यस्त छन्
कर्मचारी नेताहरु हेरन कस्ता छन्
कार्तिकको महिना केही गर्नु छैन
मुलुकमा विकासको कुनै गति छैन
के कानै गर्छौं भनेर आए
अस्मिता देशको बेचेरै खाए
कर्मचारी, नेता हेर न कस्ता छन्
लुटेरै खान निकै नै व्यस्त छन् ।
मंसिरको महिना नेतालाई चैन
युवालाई देशमा बसि खानु छैन
नेतालाई लाज कैले लाग्ने छैन
रोजगार नै छैन ,नहिंडी भैन
कर्मचारी नेताहरु हेरन कस्ता छन्
लुटेरै खान निकै नै व्यस्त छन् ।
जनताले केही पाउने नै होइन
दिएका थिए आश्वासन झुटा
मिल्दैन केही थाङना मै सुत
देख्यौ नि तिमी नेताहरु कस्ता छन्
चिन्दैनन् अब कमाउन व्यस्त छन् ।
माघको महिना बोली साध्य छैन
हुस्स र चिसोले बसी खानु भैन
यही माग राखी नेतालाई भेटौं
प्रशासन भन्छ ,यिनीलाई लखेटौं
हामी चोर हैन नेतालाई भेटछौं
हामी चोर हैन नेतालाई भेटछौं
हाम्रो माग राख्छौं तिमी किन लखेटछौ
त्यही निर रुक अघि बढे मर्छौै
माथिको आदेशलाई पालना गर्छौं
नेताहरु विदेशमा घुम्न व्यस्त छन्
सुनी हाल्यो नीति नियम कस्ता छन् ।
फागुनको महिना केही आशा छैन
जाग है जनता नउठी भैन
यही चाल भए देश नै छैन
भ्रष्ट जाली राख्ने नै हैन
राष्ट्र र जनता ठगेर चैन
मुलुक यिनका बाउको बिर्ता हैन
भ्रष्ट दलाल भगाउनु पर्छ
सही अनि शाहसीले देशको भलो गर्छ
हेर न दलालका कामहरु कस्ता छन्
मुलुक नै सक्ने योजनामा व्यस्त छन् ।
चैत्रको महिना आशा केही छैन
पैतिस वर्ष भन्ने सानो कुरा हैन
यसरी यिनले मुलकलाई ठगे
कलकारखाना सबै सक्काउँदै लगे
शहीद भए भल खुनका बगे
नदी र नाला बेचेर सके
परिवर्तन भन्दै आएका थियौं
हेर न जनतालाई तिमीले के दियौ
हेर न नेपालमा नेताहरु कस्ता छन्
विदेशी रिझाउन निकै नै व्यस्त छन् ।
नयाँ साल आयो वैशाखको महिना
जनतालाई कुनै राहत नै छैन
मुलुकलाई तिनले हेरेकै छैन
भोट माग्ने तिम्रो अधिकारै रहेन
दलालहरुलाई नखेदी भएन
स्वाधीन संयुक्त सरकार बन्नुपर्छ
अनि मात्र बल्ल यिनको सेखी झर्छ
हेर न यिनका कार्यक्रम कस्ता छन्
विदेशीको दलाली गर्न मै व्यस्त छन् ।
0000000
Comments

