सुदूरपश्चिम उत्तर क्षेत्रका सात जना अखिल भारत नेपाली एकता समाजमै प्रतिबद्ध

भारत । अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिम उत्तर क्षेत्रीय समिति अन्तर्गतका धनबहादुर दर्लामी, विष्णु कुँवर ,जुक्तबहादुर कुँवर ,ज्योति कुँवर ,रामबहादुर सुनार, हरिबहादुर कुँवर, भरत धमाल सहित सात जनाले अखिल भारत नेपाली एकता समाजमै आफूहरु प्रतिबद्ध रहेको जानकारी गराउनु भएको छ ।

उहाँहरुले जारी गरेको प्रतिबद्धता पत्रमा भनिएको छ–

“हामीलाई देवबहादुर लामिछाने र नारायण शर्मा , उहाँहरुलाईअखिल भारत नेपाली एकता समाजले कारबाही गरेको रहेछ। उहाँहरुले हामीलाई भ्रममा पारेर हिसारमा आएर हामीहरूको सदस्यता कटाउने कामगर्नुभएको थियो । हामीहरूलाई समाजविरोधी काम र कार्यकर्ताहरूलाई भ्रम पार्ने काम गरेको थाहा पाएपछि हामीहरूले संयुक्त रूपमा खण्डन गर्दै हामी आजको मिति मार्च १ २०२६देखि अध्यक्ष आनन्दबहादुर थापाज्यूको अध्यक्षतामा रहेको अखिल भारत नेपाली एकता समाजमा कार्यरत रहेको जानकारी गराउँदै उहाँहरूको कुनै पनि भ्रममा नपर्न साथीहरूलाई सचेत गराउँदै हामी यही समाजमा कार्यरत रहेको जानकारी गराउँदछौँ, धन्यवाद।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित