काठमाण्डौ । क्रान्तिकारी पार्टी र संगठनहरुको अन्तर्राष्ट्रिय समन्वय समिति (आइकोर)ले आठमार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको गौरवमय इतिहास रहेको बताउँदै यसको क्रान्तिकारी परम्परालाई निरन्तरता दिनु पर्ने बताएको छ ।
फ्रेब्रुअरी २७ ,२०२६ मा आउँदै गरेको अन्र्राष्ट्रिय श्रमिक महिला दिवशको सन्दर्भमा समितिले वक्तव्य जारी गरेको छ । वक्तव्यमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश १९१० मा भएको समाजवादी महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले निर्णय गरेको थियो । आठ मार्च महिलाहरुको मताधिकार ,आठ घण्टा काम , बच्चाहरुको अधिकार न्यूनतम पारिश्रमिक र युद्ध र फासीवादको विरुद्ध महिला पुरुषको संयुक्त संघर्षको इतिहास भएको बताइएको छ । वक्तव्यमा प्रथम विश्व युद्धको बेला समाजवादी महिलाहरुले युद्धको विरोधमा स्पष्ट अडान लिएको बताउँदै क्रान्तिकारी महिला नेतृ रोजाले ‘समाजवाद वा बर्बरता’भन्ने विषय स्थापित गरेको र त्यो आज पनि सान्दर्भिक रहेको जनाउँदै २०२६को आठ मार्चको नारा त्यो नै हुनु पर्छ भएिको छ । अहिले आठ मार्च मनाउन शुरु गरिएको समयमा जस्तै साम्राज्यवादी युद्ध पिपासुहरु युद्धमा लागिरहेको बताइएको छ र प्राकृतिक साधन स्रोतहरुको ध्वंश, कामदार वर्गको अधिकारको उलंघन फासीवाद र सैनिकीकरणलाई बढावा दिन लागि परिरहेको उल्लेख छ । अहिले साम्रज्यावादीहरुले प्यालेष्टाइनी जनताको आम नरसंहार गरिरहेको, सिरियामा रोजाभाहरुको अधिकार माथि क्रुर विध्वंश मच्चाइरहेको सुडान र कङगोमा आम नरसंहार चलाइएको ,चीओ र ग्रीसका गर्भवति महिलाहरुलाई जानि जानि मारिएको बताइएको छ । भेनेजुयलामाथि अमेरिकी आक्रमण गरेको ,क्यूवामाथिको उत्पीडनलाई तीव्र बनाउँदै लगेको जनाइएको सामा्रज्यवादी र फासीवादीहरुमा मावता भन्ने नभएको जनाउँदै सर्वहारा वर्गले नेतृत्व लिएर त्यसको विरोध गर्नु पर्ने बताइएको छ । शुरुका समाजवादी महिलाहरुले समाजवादी महिलाहरुले वुर्जुवा समानताको सट्टामा क्रान्तिकारी विचारलाई प्राथमिकता दिनु पर्ने आवश्यकतामा जोड दिइएको छ । जसरी नदेज्दा क्रुप्सकाया , अनेसा अर्मानन्द ,अलेक्जेन्द्रा कोलोन्ताइले जस्तै महिला अधिकार र मुक्तिको परम्परालाई अगाडि बढाउनु पर्ने जनाइएको छ । महिलाहरुले अहिले न्यून ज्याला , भोक गरिबी र घरबारविहीनता ,पितृप्रधानता, घरेलु हिंसा जस्ता समस्याहरुबाट प्रताडित बन्नु परेको कुरा औल्याइएको छ साथै प्यालेष्टाइन कुर्दिस्थान ,कङगो ,भेनेजुयला सुडानका महिलाहरु आफै नै नरसंहार शोषण साम्रज्यवादी आक्रमण र प्रतिक्रियावादी साम्राज्यवादी युद्धको विरोधमा ट्रम्प प्रशासनको विरुद्ध र सेनाका विरुद्ध लडिरहेको जनाइएको छ । इरानमा निडरतापूर्वक जनताहरु लडिरहेको जनाइएको छ र महिलाहरु आफ्नो स्वतन्त्रताको पक्षमा लडिरहेको उल्लेख गरिएको छ । आइकोरले महिलाहरुको चेतना वृद्धि गर्न, महिलाहरुमा देखिएको लडाकुपनालाई समाजवाद र साम्यवादको पक्षमा हिडाउन समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै महिलाहरु युद्ध फासीवाद र साम्रज्यवाद विरुद्ध रहेको स्पष्ट पारिएको छ ।
आठ मार्चको गौरवमय इतिहास रहेको आइकोरको भनाई
Comments

