काठमाण्डौ । फ्रेब्रुअरी २८ देखि इरानमाथि भएको आक्रमण र इरानले गरेको प्रतिआक्रमणका कारण मध्यपूर्वी देशहरूमा युद्ध चर्किएको छ । मध्यपूर्वमा युद्ध चर्किएसँगै हवाई क्षेत्र प्रतिबन्ध हुँदा नेपालको हवाई क्षेत्रसमेत निरन्तर प्रभावित बनिरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार र मंगलबार अन्तर्राष्ट्रिय उडान प्रभावित हुन पुगेको छ , मंगलबार पूर्वनिर्धारित कुल १६ अन्तर्राष्ट्रिय हवाई उडान रद्द भएका छन् । जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सले काठमाडौंमा गर्ने उडान रद्द गरेको हो । मध्यपूर्वी देशमा निर्धारित उडान बाहेक अन्य मुलुकमा समेत सामान्य रूपमा उडानरअवतरण भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।कुवेत, सारजहाँ, आबुधावी, दुबई, दोहाका निर्धारित उडान रद्द भएका हुन् । कार्यालयका अनुसार कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको एयरस्पेस मंगलबार बन्द रह्यो ।
खाडी क्षेत्रको युद्धले अन्तर्राष्ट्रिय उडान प्रभावित
Comments

