सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या

काठमाण्डौ । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिशा वि.क.को बलत्कार पछि हत्या भएको छ । पूर्व सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको फागुन २३ गते बलत्कार पछि हत्या भएको हो ।
इनिसा २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेको र उनलाई प्रदेश अस्पताल कालागाउँमा पु¥याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । उनी कक्षा ११ मा अध्ययनरत थिइन् । उनको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग थापाले बताएका छन् ।
इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरकै चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको जनाइएको छ ।
परिवारले इनिशालाई बलत्कार पछि यातना दिँदै हत्या गरिएको भन्दै दोषीहरुलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित