अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव पारित

काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ। संयुक्त राष्ट्रसंघको महासभाले मार्च १० मा उक्त प्रस्ताव पारित गरेको हो। अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५ मा यो दिवस मनाइने छ।

उक्त प्रस्तावमा स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएको छ। उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ। यो नेपालका लागि महत्वपूर्ण कूटनीतिक उपलब्धि भएको ठानिएको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित