नेपाल अध्यागमनले राख्यो १३ हजारलाई कालोसूचिमा

काठमाण्डौ । नेपाल अध्यागमनले विभिन्न अपराध अभियोग लागेका करिब १३ हजार व्यक्तिलाई कालोसूचीमा राखेको जानकारी गराएको छ ।
नेपालमा अपराध गरेर विदेश भागेका, विदेशमा अपराध गरेर नेपाल छिरेका र विभिन्न अदालतको फैसलापछि सजाय भुक्तान गरिरहेकालाई अध्यागमनको कालोसूचीमा समेटेको जनाएको छ ।
कालो सूचिमा पर्नेहरु नेपाली र विदेशी नागरिकहरु छन् । जसमा करिब ८ हजार नेपाली र झन्डै ५ हजार विदेशी छन् । अध्यागमनले कालो सूचिमा राखेका नागरिकहरु विमानस्थल र स्थल नाका प्रयोग गरेर अध्यागमनबाट वारपार गर्न पाउँने छैनन् । नेपालमा २०८२ साल भदौ २४ मा भएको जेनजीको नाममा भएको प्रदर्शनमा कारागार तथा बन्दीगृह र प्रहरी हिरासतबाट भागेका ६ सय १२ कैदीबन्दी समेत कालो सूचिमा समेटिएका छन् । जेनजी आन्दोलनको क्रममा भागेका मध्ये ५ सय भारतीय र तेस्रो देशका १ सयभन्दा बढी अझै कारागार फर्किएका वा पक्रिएका छैनन् ।
अध्यागमनले स्थल तथा हवाइमार्गबाट आवत जावत हुन सक्ने भन्दै कालोसूचिमा राखेकाहरुको निगरानी जारी राखेको हो । कालोसूचिमा रहेकाहरु जुनसुकै समयमा भाग्न सक्ने भन्दै देशका अन्तर्राष्ट्रिय विमानस्थलहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी बढाइएको विभागले जानकारी दिएको छ ।
स्थल मार्गका अध्यागमन तथा सीमा प्रशासन कार्यालयबाट पनि उनीहरूको निगरानी जारी राखिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित