क्रान्तिकारी वाम तथा जात व्यवस्था विरोधी संगठनहरुको अनलाइन संयुक्त बैठक सम्पन्न

 

काठमाडौं । मार्च २१ को दिन अन्तरराष्ट्रिय नस्लभेद तथा जातिभेद विरोधी दिवसको अवसरमा नेपाल र भारतका क्रान्तिकारी वाम तथा जात व्यवस्था विरोधी संगठनहरुको एक महत्वपूर्ण अनलाइन संयुक्त बैठक आयोजना गरिएको थियो । बैठक पछि क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल,एकीकृत दलित मुक्ति मोर्चा नेपाल र जाति उन्मूलन आन्दोलन CAM भारत व गुरु घासीदास सेवादार संघ GSS भारत , यी चार संगठनहरुद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको थियो ।प्रेस विज्ञप्तिमा क्रूर मनुस्मृति आधारित हिन्दुराष्ट्र को सोचको विरोध गर्दै , अमानवीय जात व्यवस्थाको उन्मूलन , साम्राज्यवाद ,प्रतिक्रियावाद तथा संघी मनुवादी फासीवादी शक्तिको विरुद्ध नेपाल र भारतका मेहनतकश र दलित, उत्पीड़ित जनताको संयुक्त क्रान्तिकारी संघर्ष र उच्च समन्वयको  संकल्प लिइएको छ । । बैठकमा क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालको तर्फबाट केन्द्रीय संयोजक  टेक बहादुर वि क  ,केन्द्रीय कार्यालय सदस्य शोभा विश्वकर्मा,केन्द्रीय कमिटी सदस्य  राजू मगराती,एकीकृत दलित मुक्ति मोर्चा नेपाल केन्द्रीय संयोजक कृष्ण सेवा,क्रांतिकारी कम्युनिस्ट पार्टी नेपाल , स्थायी कमिटी सदस्य  सन्त बहादुर नेपाली र पोलित ब्यूरो सदस्य  पवन मान श्रेष्ठ ,भारतको   जाति उन्मूलन आन्दोलन CAM का अखिल भारतीय संयोजक तथा भाकपा (माले) रेड स्टार , पोलित ब्यूरो सदस्य  तुहिन,जाति उन्मूलन आन्दोलन ,दूसरे अखिल भारतीय संयोजक  बंडू,CAM केन्द्रीय कमिटी सदस्य फहीम,CAM मध्यप्रदेश राज्य कमिटी सदस्य  संदीप एवं  कृष्णा तथा गुरु घासीदास सेवादार संघ GSS  अध्यक्ष तथा जाति उन्मूलन आंदोलन CAM  केंद्रीय कमिटी सदस्य  लखन सुबोध,GSS केन्द्रीय सदस्य तथा CAM छत्तीसगढ़ राज्य संयोजक  वीरेंद्र भारद्वाज,GSS प्रवक्ता अजय अनन्त तथा GSS  केन्द्रीय सदस्य  एम डी सतनाम उपस्थित थिए।

                                        नेपाल–भारत संयुक्त प्रेस विज्ञप्ति

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित