कुक मजदुरका समस्या

देवेन्द्र बस्याल
जापानमा नेपालीहरु, बंगाली, पाकिस्तानी र भारतीयहरुद्वारा कुक मजदुरहरु माथि चर्को श्रम शोषण गरिएका तथ्यहरु बाहिर आउने गरेका छन । अहिले पनि ती देशका मानिसहरुले खोलेका रेष्टुरेन्टहरुमा दासहरुलाई जस्तै काम गराउने गरिएको छ । हामीलाई थुप्रै नेपाली कुक मजदुरहरुले कतिपयले फोनगरेर कतिपयले भेटेर नै बताउने गर्नुभएको छ कि ती कुनै पनि रेष्टुरेन्टहरुले जापान सरकारले तोकेको तलव दिने र कामगर्ने समय सीमाको पालना गर्ने गरेका छैनन् । सबै रेष्टुरेन्टहरुमा १२ देखि १३÷१४ घण्टा काम गराईन्छ । दिनमा २ घण्टा आराम गर्ने नियम भएपनि कतिपय रेष्टुरेन्टहरुले दिने गरेका छैनन् भने कतिपयले १ घण्टा दिन्छन् । बोनस, लामो छुट्टी, प्लेन टिकटका कुरा त छोडौं, सामान्यतया हप्तामा एउटा छुट्टी दिने नियम भएपनि अधिकांश रेष्टुरेन्टहरुले आधा दिन छुट्टी दिने गरेका छन् । जापान सरकारले प्रिफेक्चर अनुसार फरकफरक तलव स्केल तोकेको भए पनि प्रायः ती रेष्टुरेन्टहरुले आठ देखि दश÷बाह्र मान मात्र हातमा तलव दिने गर्दछन तर जापान सरकारलाई भने २०÷२५ मान तलव दिएको भनेर नगरपालिका तथा इमिग्रेशनमा विवरण देखाई दिने गरिएको छ । एउटा अनौठो कुरा त के छ भने सरकारले रेष्टुरेन्टका मालिकले कामदारको तलव स्केल कागजमा जति देखाएको हुन्छ त्यसै अनुसार ट्याक्स, स्वास्थ्य बिमा, पेन्सन निर्धारण गरेको हुन्छ । भन्नुको मतलब जति धेरै तलव स्केल देखायो त्यसैअनुसार धेरै धेरै ट्याक्स, स्वास्थ्य बिमा र पेन्सन आउने गर्दछ । हातमा ८÷१० मान तलव दिने तर कागजमा जापान सरकारलाई अत्याधिक तलव स्केल देखाईदिने गर्दा नै अधिकांश नेपालीहरुले स्वास्थ्य बिमा, पेन्सन र ट्याक्स तिर्न सकिरहेका छैनन् ।
अर्कोतिर नेपालबाट अदक्ष कामदार कतिपयलाई काम दिने, कतिपयलाई काम नदिने आदि आदि शर्तमा ल्याउने त्यो पनि १२÷१५ लाखमा । ती अदक्ष व्यक्ति १२÷१५ लाख तिरेर जापानमा जुन रेष्टुरेन्टले ल्याएको हो त्यसकोमा काम नपाउने बाहिर काम खोजेर गर्ने शर्तमा थुप्रै नेपालीहरु आउनु भएको छ वा ल्याइएको छ । काम आउदैन, भाषा आउँदैन भने उनीहरुलाई कस्ले दिन्छ काम ? अनि सस्तोमा काम गराउने, श्रमशोषण गर्ने, बिचल्लीमा पार्ने काम हाम्रा नेपाली साथीहरुबाटै भइरहेको छ । थुप्रै पार्टीका नेता÷कार्यकर्ताबाट भईरहेको छ । संघ÷संस्थाका जिम्मेवार व्यक्तिहरुबाट भईरहेको छ ।
विषेशगरी एनआरएनएका पदाधिकारी र उनीहरुका अघिपछि हिड्नेहरुबाट व्यापक मात्रामा श्रम शोषण र भ्रष्टचार भइरहेको छ । यसप्रकारको विकृति र विसंगतिलाई रोक्नको लागि समयमै नेपाल सरकार र जापान सरकारलाई अवगत अराउनु पर्छ र यसप्रकारका शोषण, अन्याय अत्याचारका घटनाहरुलाई मिडियाले सरकार समक्ष पु¥याउन विशेष भूमिका खेल्नु पर्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित