हानि तथा क्षतिको सम्बोधन सम्बन्धी कोष (एफआरएलडी)ले नेपालका लागि २ करोड १६ लाख अमेरिकी डलर छुट्यायो

काठमाडौं । सयुक्त राष्ट्र सघको हानि तथा क्षतिको सम्बोधन सम्बन्धी कोष (एफआरएलडी) ले नेपालका लागि २ करोड १६ लाख अमेरिकी डलर छुट्याएको छ ।

नेपालको प्राकुतिक विपत्तिलाई सम्बोधन गर्न जलवायु कोषले नेपालको नेपालको बाढी पीडितको सहयोगार्थ र पुनःस्थापनाका लागि प्रारम्भिक रूपमा रकम छुट्याएको छ। तर अभियानकर्मीहरूले कोषबाट छिटो सहायता उपलब्ध गराउने प्रणाली र थप आर्थिक सहयोग आवश्यक रहेको बताएका छन्।

गत भाद्र १० मा नेपालको रसुवाको भोटेकोशीमा आएको बाढीले नदी किनारका बस्तीहरू डुबानमा पार्ने र स्वाहा पार्ने काम गरेको थियो। यस विपत्तिमा १ हजार ४५१ जना भन्दा बढीको मृत्यु भएको थियो भने ५ हजार ७४५ जना भन्दा बढी बेपत्ता भएका थिए। त्यसैगरी, गत असोज ८ देखि ११ सम्म आएको भीषण वर्षातले गर्दा आएको बाढी पहिरोले ५० भन्दा बढीको मृत्युभएको थियो ।

गत १० भदौमा आएको विपद्पछि नेपालले तत्काल सहायता माग गर्दै गरेको अनुरोधमाथि छलफल गर्न बैठक भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो। नेपाल सरकारले भोटेकोशी बाढीप्रति तत्काल प्रतिकार्य गर्न माग गर्दै एफआरएलडीलाई पत्र लेखेको थियो। यद्यपि, प्रस्तावित रकम स्वीकृत अनुदानका रूपमा उपलब्ध भइसकेको भने होइन ।

एफआरएलडी जलवायु परिवर्तनबाट विशेष रूपमा जोखिममा रहेका विकासशील देशहरूलाई जलवायुजन्य प्रभावबाट हुने आर्थिक तथा गैरआर्थिक हानि र क्षति सम्बोधन गर्न सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको हो। यसमा चरम मौसमी घटना र क्रमिक रूपमा विकसित हुने जलवायुजन्य घटनाबाट हुने क्षति पनि समावेश छन्।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित