सेलमको कावेरी बाँधमा डुवेर कन्चनपुरका धिरज कुँवरको मृत्यु

 

तमिलनाडु । तमिल नाडु सेलमको बावेरी बाँधमा डुबेर कञ्चनपरका धिरज कुँवरको निधन हुन पुगेको छ । सेलम दैजी गाउँपालिका वाड नंबर ६, कञ्चनपुर जिल्ला निवासी राम बहादुर कुँवरका ५५ वर्षीय छोरा धिरज कुँवर तमिलनाडु–सेलमको हेलम्जीपालयम भन्ने ठाउमा अवस्थित एक होटलमा कार्यरत थिए । ईरान युद्धका कारण खाना पकाउने ग्याँसको अभावमा होटल बन्द भएको अवस्थामा स्थानीय (तमिल) साथी सँग २ अप्रेल २०२६ का दिन कावेरी डेममा (बाँध)न्वाउन र लुगा धुन गएको अवस्थामा दुवै जना बाँधमा डुवेर दुःखद निधन भएको हो ।
गाउलेहरूले सेलमको थेभुर पोलीस स्टेशनलार्इजानकारी गराए पछि पोलीसले दुबै जनाको पार्थिव शरीर बरामत गरी पोस्टमार्टमको लागि सेलमको कोमारापालायममा अवस्थित सरकारी हस्पिटलमा पठाएको रहेछ। निज धिरजका आफन्त कमल सिंह लार्र्इ घटनाको जानकारी भए पछि मृतकका परिवारलार्र्इ जानकारी गराए छन् र शव दाहसंस्कार गर्ने तयारी गर्दै गर्दा सेलम पोलीस प्रशासनले यो अन्तराष्ट्रिय मामला हो तसर्थ पोष्टमार्टम गर्नको लागि नेपाल एम्बेसीबाट कुनै आपत्ति छैन भन्ने पत्र चाहिन्छ भनेछ। त्यस पछि कोमल सिंहले नेपाल एम्बसीमा फोन गरेर सबै कुरा बताए । नेपाल एम्बासीले धिरज कुँवरको निधन भयो भन्ने कुरा मुखले भनेर हुदैन हस्पिटलबाट निधन भएको प्रमाण पठाउन भनेछ। तर यो कुरा कोमल सिंहले पोलीसलार्र्इ बताएछन, पोलीसले पोष्टमार्टम गरे पछि मात्र मृत्यु भएको रिपोर्ट दिन मिल्छ भनेर भन्दो रहेछ। यसरी २ तारिक मरेको मान्छेको दाहसंस्कार हुन नसकेर आफन्त निकै आत्तिनुका साथै अल्मलिएर दुःख पाइरहनु भएको रहेछ । । धेरै झन्झट भए पछि दूतावासले अखिल भारत नेपाली एकता समाजका महेन्द्र बस्याल सँग कुरा गर भनेर मेरो नंबर दिएछ। कोमल सिंहले मलाई ५ अप्रेलको फोन गरेर सबै कुरा बेलीविस्तार गर्नु भयो ।
महासचिव महेन्द्र बश्यालले कोमल सिंह सँँग पोलिस स्टेशनको नंबर मागेर इन्सपेक्टरलार्र्इ सबै कुरा सम्झाएर बात गरे र हस्पिटलबाट रिपोर्ट मगाए। पोलिसले रिपोर्ट पठायो। उक्त रिपोर्टमा पानीमा डुवेर मरेको कुरा हस्पिटलले स्पष्ट उल्लेख गरिएको थियो। त्यो रिपोर्ट नेपाली दूतावासलाई तुरंत पठाएर सबै कुरा सम्झाए। दूतावासले अखिल भारत नेपाली एकता समाजलार्इ धन्यवाद दिदै तुरंत नो अबजेक्सन लेटर पोलिस स्टेशनमा पठायो। पोलीस इन्सपेक्टरले पनि खुसी भएर धन्यवाद दिदै पोष्टमार्टमको तयारी त गर्यो तर समयको अभावले गर्दा निजको दाहसंस्कार ६ अप्रेल २०२६ का दिन हुने भएको छ। धिरजका परिवारले पनि एकता समाजलार्इ धन्यवाद दिएका छन। यस्तै घटना कोईम्बातुरमा पनि घटेको थियो र अखिल भारत नेपाली एकता समाजले मिलाएको थियो। दुःखद घडीमा अखिल भारत नेपाली एकता समाजले निज धिरजको दुःखद निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित