कविता ः भुइँमान्छेको साथ

मिसम अधिकारी
प्यारा साथी तिमी
हरेक बिहान हरेक साँझ
फूलहरु ढकमक्क फुलेको देख्छौ
बालीहरु लहलह झुलेको देख्छौ
यी फूल फुलाउनुमारबालीहरु झुलाउनुमा
पसिना र रगत मिसाउने को हो
भकारीमा पेट डकार्ने को हो
बाह्रैमास पसिना बगाएर पनि
अनिकाल व्यहोर्ने को हो ?

म राम्रो जान्दछु
यी ज्यामी भरिया र खेतालाहरुको कमाइमा
किन उम्रन्छ वनमारा
किन उदाएन त्यो आँगनमा
पुर्णिमाको उज्यालो जून तारा
किन छन् उनै परिचय विहीन ?

यो धर्तिको कुनै छेउमा उभिएर
म किन नलेखुँ विद्रोहको गीत
मलाइ देश दुख्छ परदेश दुख्छ
म भजन गान सक्दिन तिम्रो म देखिरहेछु
तिम्रो र तिम्रा तिमीहरुको भद्दा मजाक
विद्रुप अट्टाहासको कुरुप हाँसो
म कसरी जिन्दाबाद भनौँ ?
तिम्रो सभ्यता तिम्रो कानुन
भुइँतहको शुल देख्छु ।

म यिनै भुइँफूलको अर्को नयाँ गीत लेख्छु
तिमी मन पराउ नपराउ
यी होचाहरुको अँगालोमा बेह्रिने
अर्को नया नारा लेख्छु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित