कविता ःआमा

कृष्णभक्त महर्जन

आमा शब्द
शब्द मात्र रह्यो
आमा भनि
बोलायो भने
हजुर भनी
बोलि सुनिदैन
तै पनि
आमा
आमा भनी
चार धाम धाउनेको
भिडभाड हेर्दा
कतै आमा
अगाडि आए जस्तो
भान हुन्छ
यो त
कल्पना मात्र हो कि
रुढीवादी मात्र हो
मलाइ लाग्छ
यो रुढीवादी
नै हो
जिउदो हुन्जेल
एक छाक नखुवाउने
मरेपछि
चारधाम धाइ
हजार छाकको
खर्च गर्ने
वा
मानव
वा
थाहा छ कि छैन
अरु सबै चिज
किन्न पाइन्छ
आमा किन पाइदैन
आमा बाचुन्जेल
अगाडि राम राम
पछाडी चाहिँ
छुरा छमाउइ
वृद्ध आश्रम पठाउने
मरि सकेपछि
चारधाम धाउछ
कसैलाइ होच्याउन
खोलेको होइन
कसैलाइ खोच्याउन
खोजेको होइन
यो त
प्रवृत्ति उजागार गर्न
मात्र खोजेको हो
वा
आमा भनेको
जिउदो देवता
हुन भनी
बुझाइन मात्र
खोजेको हो

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित