कैलाली । गेटाका पीडित किसानहरुलाई न्याय दिन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पहल थालेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ ( साबिक गेटा गा.वि.स. वडा नम्बर ७) श्रीलंका गाउँका लालपुर्जा भएका किसानलाई आफ्नै जग्गा उपभोग गर्न पाउने वातावरण सिर्जना गर्न माग गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाइएकोछ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको नेतृत्वमा पीडितहरुको माग परा गर्न भन्दै उक्त ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापन पत्र बुझाइए पश्चात बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाालका कैलाली जिल्ला इन्चार्ज रुद्र कडेँलले मिडियाकर्मीहरुसँग कुरा गर्दै भन्नु भयो ,“हामी गरिब र अन्यायमा परेका किसानहरूको आवाजलाई लिएर जिल्ला प्रशासन कार्यालयमा आएका हौँ। २०५१ सालमा सुकुम्बासी आयोगबाट लालपुर्जा प्राप्त गरी जग्गाको भोगचलन गर्दै आउनुभएका उहाँ किसानहरु हो। उहाँहरुले ७९ सालसम्म तिरो तिर्दै आउनुभएको थियो। २०६१ ,६२ र ६४ सालको बाढीले उहाँहरूका जग्गालाई बगर बनाएको थियो र उहाँहरू त्यहाँबाट विस्थापित हुनुभएको थियो। अहिले नदीको बहाव त्यहाँबाट अन्यत्रै गइसकेको र अहिले तटबन्ध पनि भइसकेको छ र उहाँहरु आफ्नै लालपुर्जा प्राप्त जग्गा खोज्दै फेरि उही ठाउँमा गएर बसोबास गर्ने, खेती गर्ने काम गर्न खोज्नुभएको छ तर त्यहाँ केही व्यक्तिहरूले यसलाई हामी सामुदायिक वन बनाइसकेका छौं । केही व्यक्तिले तिमीहरूले यो जग्गा उपभोग गर्न पाउँदैनौं भनेर डर धम्की दिने अप्ठ्यारो पार्ने काम गरेको हुँदा र विभिन्न ठाउँमा न्याय खोज्दा पनि न्याय नपाइसकेपछि हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई न्याय दिनुस भनेर आएको हुँदा हामीले उहाँहरूको पक्षबाट उहाहरुका माग जायज हुन् भनेर जिल्ला प्रशासन कार्यालयमा गएर सिडियोलाई ज्ञापन पत्र बुझाउने कार्य ग¥यौं । हामीले भनेका छौं किसानहरूले न्याय पाउनुपर्दछ । उनीहरुले आफ्नो जग्गा उपभोग गर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। ”
उक्त बस्तीमा २०६१ सालमा र पुनः २०६४ आश्विन ३ र ४ गतेको अविरल वर्षाका कारण मोहना नदीमा आएको बाढीले उक्त जमिन बगरमा परिणत गरेको थियो । त्यसपछि केहि व्यक्तिहरुले किसानहरुको जग्गाको क्षेत्र अतिक्रमण गरेर वृक्षारोपण गरेका थिए। किसानहरु आफ्नो जग्गाको नक्सा पुर्जा देखाउदै जग्गामा भोगचलनका लागी जादा वार्ड अध्यक्षको मिलोमतोमा वनले झुठा मुद्दा लगाउने गरेको एक पिडित किसानले वताएका छन।
त्यहाँ बसोबास गर्दै आएका नागरिकहरु हाल उक्त जमिन भन्दा अन्यत्र अस्थाइ रुपमा बसी मजदूरी गरी दैनिकी गुजारा चलाईरहेका छन। उक्त जमिनको मालपोत दस्तुर हालसम्म तिरिरहेको महासंघले ज्ञापन पत्रमा उल्लेख गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका सिसिएम तथा कैलाली इन्चार्ज रुद्र कडेलले ज्ञापन पत्र वाचन गरेर प्रजिअ लाई हस्तातरण गरेका थिए।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपााल सुदूरपश्चिम प्रदेशका २ नम्बर ब्युरो इन्चार्ज तथा पोलिटब्युरो सदस्य लाल बहादुर जाग्रीको नेतृत्वमा , २ नम्बर ब्युरो सचिव लाल बहादुर मडै, कैलाली जिल्ला इन्चार्ज रुद्र कडेँल, महासंघका प्रदेश संयोजक टंक प्रसाद कोइराला तथा जग्गाधनी किसानहरुका प्रतिनिधि सहितको टोलीले गत भदौ ११ गते कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएको हो ।ज्ञापन पत्रसंगै महासंघले केहि व्यक्तिको जग्गा धनी पूर्जा र नागरिकताको प्रतिलिपी समेत संलग्न राखेर वुझाइएको छ ।



