वास्तविक सुकुम्बासीको पहिचान र  बसोबासको वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी वस्तीमा  अन्धाधुन्ध डोजर लगाउने सरकारको निर्णय प्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको विरोध 

काठमाडौं । वास्तविक सुकुम्बासीको पहिचान र  बसोबासको वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी वस्तीमा  अन्धाधुन्ध डोजर लगाउने सरकारको निर्णय प्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले एक प्रेस वक्तव्य प्रकाशित गरी  विरोध जनाएको छ ।  २०८३ वैशाख ११ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले प्रेस वक्तव्य जारी गर्दै सरकारको  अन्यायपूर्ण कदमको विरोधमा उत्रिन सम्पूर्ण न्यायप्रेमी जनतामा  आह्वान गर्नु भएको छ । वक्तव्य यस प्रकार छ –
“मिति २०८३ वैशाख १० गते सहायक प्रमुख जिल्ला अधिकारी काठमाण्डौद्वारा हस्ताक्षर गरी नदी किनारमा बनाइएका घर टहरा ११ गते साँझ ७ः०० बजेसम्म खालि गरिसक्नु पर्ने र सो नगरे १२ गते विहान ६ः०० बजेदेखि डोजर लगाएर भत्काइने छ भनी प्रकाशित सुुचनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । वास्तविक सुकुम्बासीको पहिचान र तिनको बसोबासको वैकल्पिक व्यवस्था नगरी अन्धाधुन्ध डोजर लगाएर जनतालाई दुःखदिने बालेन सरकारको यो कदमको हाम्रो पार्टी घोर विरोध गर्दछ । साथै, सरकारको यो अन्यायपूर्ण कदमको विरोधमा उत्रिन सम्पूर्ण न्यायप्रेमी जनतामा हार्दिक आह्वान गर्दछ ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित