त्रिपुरेश्वरमा जलिरहेको बस

काठमाडौ. । असार ५ गते दिउसो १२:२० मा त्रिपुरेश्वरको बस रोकिने ठाउँमा रिद्धिसिद्धि लेखिएको बस जलेर धुँवा उडिरहेको थियो । धुवाँको मुस्लो बढदै गएर बिजुलीको तार छोएर अर्को घटना घट्ने खतरा बढ्दै गएको थियो । विजुलीको खम्बामा बाँधिएको चीजहरु जल्दै थिए । त्रिपुरेश्वरको चोक देखि टेकु सम्म सडक छेउँबाट मोवाइलमा भिडियो बनाउनेहरु र सामाजिक सञ्जालमा लाइभ प्रसारण गर्नेहरुको ताँती थियो । आगो निभाउने दमकल आउन ढिलो भइरहेको थियो । बसका यात्रु ओर्लिइ सकेका थिए ।

त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि चालकले बसमा आगो लगाएर बसभित्रै आत्मदाहको प्रयास गरेका थिए । मूलपानी–थानकोट रुटमा चल्ने रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालकले ट्राफिक प्रहरीसँगको विवादपछि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्।चालक  र ड्युटीमा रहेका ट्राफिक प्रहरीबीच जरिवाना (चिट) काट्ने विषयलाई लिएर भनाभन भएको थियो। सुरक्षाकर्मीहरूले बसको ढोका फोडेर चालकको जीवितै उद्धार गरेका थिए। चालकको अहिले त्रिपुरेश्वर स्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था गम्भीर छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित