बेंग्लोर, भारत । अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिले १ मे २०२६ तदनुसार २०८३ बैशाख १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवस कार्यक्रम निसान डान्स क्लास हल ताउरेकेरेमा भव्य रुपमा सम्पन्न भयो नगर अध्यक्ष रामदत्त पाण्डेको अध्यक्षता नगर सहसचिव राजेन्द्र बि क ले संचालन गर्नु भयो । अतिथिको आशन ग्रहण पछि सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियोे । उपस्थित जनमानसहरुलाई शब्दबाट नगर कोषाध्यक्ष शिवराम बिक र संगितबाट रक्तिम साँस्कृतिक बिभागका कलाकारहरुले उठ किसान मजदुर यो रातो झन्डा बोकेर भन्ने गीतद्वारा स्वागत गरेका थिए ।
अन्तर्राष्ट्रिय मे दिवस कार्यक्रमको प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव रामसिंह बिक, केन्द्रीय सदस्य धर्मराम बिक, केन्द्रीय सदस्य सेरसिह बिक, केन्द्रीय सदस्य मिना बिक, दक्षिण भारत क्षेत्रीय सदस्यहरुमा हिरा ओड, सुन्दरी कोलि, अरुना बिक, नगर उपाध्यक्ष तथा क्षेत्रीय सदस्य बिरेन्द्र बिक, के यश थलो फौन्डेसनका संचालक रजनी कोली,समाजसेवी स्यामबहादुर परियार, क्षेत्रीय सदस्य बम बहादुर परियारको आतिथ्यता रहेको थियो । प्रमुख अतिथि रामसिंह बिकले अन्तर्राष्ट्रिय दिवसको शुभकामना दिदै अमेरिकाको सिकागोमा १८८६ मजदुर हरुले ८ घन्टा काम ८ घन्टा आराम ८ घण्टा मनोरञ्जन को माग राख्दै मजदुरहरुले आन्दोलन गरेका थिए भने १८८९ पेरिसमा भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनदेखि १ मे लाई मजदुर दिवसको रुपमा मनाउन निर्णय गरे त्यसपछि यसलाई १८९० मे १ तारिक देखि संसारभरिका मजदुरहरुले अन्तर्राष्ट्रिय रुपमा मनाउँदै आएका छन् भन्नु भयो र भारतमा अखिल भारत नेपाली एकता समाजको स्थापना १९७८ मा भएपछि प्रवासमा रोजीरोटिको लागि आएका नेपालीहरुलाई संगठित गर्दै मजदुरहरुको हक र अधिकारका लागि अग्रपंक्तिमा रहेर काम गर्ने संगठन भएकोले एकता समाजको झण्डामुनि गोलबन्द भएर मजदुरहरुका अधिकार सुनिश्चित गर्नु पर्दछ भन्नु भयो । केन्द्रीय सदस्य धर्मराम बिकले नेपालको वर्तमन अवस्था प्रति चिन्ता प्रकट गर्दै जबसम्म हामीहरु एकजुट हँुदैनौं तबसम्म नेपालमा परिवर्तन ल्याउन सक्दैनौं भन्नू भयो मे दिवसको शुभकामना दिनेहरुमा केन्द्रीय सदस्य मिना बिक, केन्द्रीय सदस्य सेरसिंह बिक, के यश थलो फौन्डेसनका संचालक रजनी कोली समाजसेवी करन दयाल, क्षेत्रीय सदस्य बम बहादुर परियार समाजसेवी तथा क्षेत्रीय सदस्य स्याम बहादुर परियार नगर उपाध्यक्ष तथा क्षेत्रीय सदस्य बिरेन्द्र बिक मजदुर दिवसबारे बोल्नु भयो । अन्तमा मे दिवस जिन्दावाद संसारका मजदुर एक हौं । अखिल भारत नेपाली एकता समाज जिन्दावाद भन्ने नारा लगाउँदै कार्यक्रम भव्य रुपमा अध्यक्षद्वारा सम्पन्न गरियो? अन्तमा सुदूर पश्चिमको प्रसिद्ध डेउदा खेल खेलेर कार्यक्रम रोचक भएको थियोे ।

