भारत । अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समितिको सातौं क्षेत्रिय सम्मेलन तयारी समितिको आयोजनामा सातौ क्षेत्रिय सम्मेलन तथा १३७औंअन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रम मिति १ मई २०२६ का दिनभव्य रुपमा सुसम्पन्न भएको छ।
समाजका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा अतिथिको आसन ग्रहण कार्यक्रमबाट प्रारम्भ भएको थियो। जसमा प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष आनन्द थापा, विशिष्ट अतिथि पूर्व महासचिव खगेश्वर शर्मा, कृष्ण केसी केन्द्रीय सदस्य कुमारी थापा केन्द्रीय महिला विभागबाट सचिव कोपिला धिमाल, केन्द्रीय सचिव सूर्य पुन, सचिवालय सदस्य राम प्रसाद पौडेल, मध्य दक्षिण महिला विभागका अध्यक्ष दिलमाया थापा, रिक्तमा साFस्कृतिक अभियान बाट बल बहादुर थापा, केन्द्रीय सदस्य गोविन्द केसीको आसन ग्रहण रहेको थियो । वीर शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।
हलमा उपस्थित जनसमुदायलाई शब्दद्वारा स्वागत पशुपति शर्माले स्वागत गर्नु भएको थियो। रक्तिम सांस्कृतिक अभियानका कलाकारहरु द्वारा गीत र संगीत द्वारा स्वागत गरिएको थियो।
सातौ मध्ये दक्षिण सम्मेलनको उद्घाटन प्रमुख अतिथि आनन्द थापाले गर्नु भएको थियो । उहाँले आफ्नो उद्घाटन भाषणमा भारतस्थित नेपालीहरुको आम समस्या र त्यसको समाधानका लागि भारतमा छरिएर रहेका नेपालीहरु अखिल भारत नेपाली एकता समाजको झण्डा मुनि बसेर संगठनको कुनैन कुनै एक ठाउँमा अनिवार्य रूपमा बस्नु पर्ने कुरा औलाउनु भएको थियो। नयाँ समितिको प्यानल प्रस्तुत आनन्द थापाले गर्नु भएको थियो। उहाँले प्यानल प्रस्तुत गरेपछि सम्मेलन द्वारा निर्वाचित पदाधिकारीहरुको तर्फबाट अध्यक्ष कृष्ण पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण लिनु भएको थियो। कार्यक्रमको सन्चालन पदम कार्की ले गर्नु भएको थियो।
सातौ सम्मेलन द्वारा निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष –कृष्ण पौडेल ,उपाअध्यक्ष केदारनाथ शर्मा ,सचिव पदम कार्की ,सहसचिव–पशुपति शर्मा ,कोषाध्यक्ष गोविन्द केसी, सदस्यहरुमा दिलमाया थापा, कोपिला धिमाल, राम प्रसाद पौडेल टंक ठकुरी ,राजेन्द्र धिमाल ,बल बहादुर थापा ,विष्णु गाह मगर , लोकेश सिंजाली वैकल्पिक सदस्यहरु , माया परियार , कमला शर्मा ,सोम बहादुर थापा , विरस पुन,निल प्रसाद शर्मा सल्लाहकार सदस्यहरु , लक्ष्मी शर्मा ,सुर्य पुन बाबुराम पराजुली , अम्मर वि क , राम राना भाट गरि १३ पूर्ण ,५वैकल्पिक र ५सल्लाहकार गरी २३ जनाको समिति चयन गरिएको छ। नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना भूतपूर्व महासचिव खगेश्वर शर्मा, कृष्ण केसी वर्तमान अध्यक्ष आनन्द थापा र कुमारी थापाले सिंगो समितिलाई सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना दिनुभएको थियो। कार्यक्रमको दौरानमा रक्तिमका कलाकारहरुले गीत संगीत र नृत्य प्रस्तुत गरी कार्यक्रम लाई रोचक बनाउनु भएको थियो । अन्त्यमा अध्यक्षद्वारा सातौं सम्मेलन र मई दिवसको कार्यक्रम भव्य रुपमा सफल भएको घोषणा सहित पक्राउ कार्यक्रमको समापन गर्नुभएको थियो। कार्यक्रम समापन पश्चात एक घण्टा कलाकारहरुलाई हल हस्तान्तरण गरिएको थियो ।कलाकारहरुले निकै खुसियाली र उमङ्गका साथ दर्शकहरु सामु आफ्ना प्रस्तुतिहरु पस्किनु भएको थियो ।



