काठमाण्डौ । अफ्रिकी मुलुक कङ्गो र युगाण्डामा घातक इबोला भाइरसको संक्रमण पुष्टि भएको छ । इबोला भाइरसको कारण यो समाचार तयार पार्दासम्म ८० जनाको मृत्यु भएको र २४६मा संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले इबोलाको संक्रमण देखिएपछि स्वास्थ्य संकटकाल घोषणा गरेको छ । सबै देशहरुलाई स्वास्थ्य सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।
इबोला जंगली जनावरबाट मान्छेमा सर्ने रोग हो। यो रोग लागेपछि ज्वरो आउने कमजोरी हुने ,मांसपेशी र घाँटी दुख्ने लक्षणहरु देखा पर्ने गर्दछ ।
इबोलाको संक्रमण भए पछि नेपालमा उच्च सतर्कता अपनाइएको अधिकारीहरुले बताएका छन् । विमानस्थलहरुमा हेल्थ डेस्क स्थापना सहित स्वास्थ्य निकायहरुमा सतर्कता अपनाइएको छ । कङ्गोमा सबैभन्दा घातक प्रकोप सन् २०१८ र सन् २०२० मा भएको थियो । जुन अवधिमा लगभग २,३०० जनाको मृत्यु भएको थियो ।

