विद्यार्थी दिवस मनाउने कार्य भव्यताका साथ सम्पन्न

अखिल (आठौं) के.स. को पूर्व नियोजित कार्यक्रम अनुसार देशभरी जेष्ठ १ गते विद्यार्थी दिवस भव्यताका साथ मनाइएका समाचारहरु प्राप्त भएका छन् । काठमाडौंको थापाथली क्याम्पसमा आठौं के.स. को आयोजनामा मनाइएको खबर छ । के.स. यज्ञ घिमिरेको उद्घोषण र केन्द्रीय अध्यक्ष श्री देव गुरुङको अध्यक्ष्ँतामा शुरु भएको उक्त कार्यक्रममा स्वागत भाषण, रमन श्रेष्ठले गर्नु हुँदै नेपालको जनआन्दोलनमा विद्यार्थी वर्गको भूमिका र प्रेस जगतबारे प्रकाश  पार्नु भयो । उहाँले विद्यार्थी आन्दोलन र अ.ने.रा.स्व.वि.यु.को इतिहासमा पनि प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रममा “विद्यार्थी आन्दोलन र प्रेस जगत” भन्ने विषयमा विचार गोष्टीको आयोजना गरिएको थियो । विद्यार्थी, पत्रकार, वकिल, बुद्धिजीवी तथा महिला वर्गको व्यापक उपस्थिति थियो । यसको उद्घाटन समाजसेवी नेपाल बार एसोसिएसनका सचिव तथा सुप्रसिद्ध अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेलले गर्नु हुँदै विद्यार्थी आन्दोलन र यसको अन्योन्याश्रित सम्बन्ध बारे प्रकाश पार्नुभयो । आफ्नो वक्तव्यमा श्री ५ को सरकारबाट नेपाली जनतामाथि गरेका अन्याय,अत्याचारहरु असहय छन् भन्नु हुँदै आम देशभक्त जनतान्त्रिक शक्ति एक हुन पर्ने कुरामा जोड दिनुभयो ।

पत्रकारहरुको तर्फबाट नेपाल भूमिका सम्पादक श्री रामचन्द्र हुमागाईले विद्यार्थी र पत्रकारहरुलाई नयाँ नयाँ र एउटै किसिमबाट दमन गरिएको कुरामा प्रकाश पार्नु भयो । युगधारा र युगान्तर साप्ताहिकका सम्पादक श्री प्रेम कैदीले विद्यार्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्दै विद्यार्थी आन्दोलन र प्रेस जगत एक अर्काका पुरक हुन भन्नुभयो । योजना साप्ताहिकका सम्पादक शक्ति लम्सालले फासिष्ट व्यवस्थाबाट भएको दमन, हत्या, लुट र बलात्कारको घोर विरोध गर्दै पत्रकार जगतको गला निमोठ्न आएको नयाँ प्रेस नियमावली फिर्ता लिइनुपर्छ भन्दै नेपाली जनआन्दोलनमा विद्यार्थीवर्ग र पत्रकारहरुले निभाउनु पर्ने भूमिका माथि प्रकाश पार्नुभयो ।

अन्त्यमा सभाका अध्यक्ष श्री देव गुरुङले नेपाली विद्यार्थी आन्दोलनमा प्रेस जगतबाट हुँदै आएको सहयोगहरु सह्रानीय छन् भन्दै विद्यार्थी आन्दोलन र प्रेस जगतको बीचको सम्बन्ध उल्लेख गर्दै विद्यार्थी दिवसको महत्वमाथि प्रकाश पार्नुभयो । अन्त्यमा सभामा धैर्यता र अनुशासित तरिकाबाट बसी कार्यक्रम सफल पारी दिनुहुने सम्पूर्ण साथीहरुमा धन्यवाद दिंदै सभा विसर्जन गर्नुभयो ।

कार्यक्रमका बीचबीचमा विभिन्न गिती परिवारबाट गाइएका जोशिला संगीतमय क्रान्तिकारी गीतहरुले कार्यक्रम अझ बढी रोचक बनाइएको थियो । यस्तै गरी चितवन, हेटौंडा, नुवाकोटमा पनि अखिल आठौं पक्षले विद्यार्थी दिवस मनाएको खबर प्राप्त भएको छ ।

प्राप्त समाचार अनुसार नुवाकोट क्षेत्रपाल मावि विद्यार्थी दिवस मनाएको खबर प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार नुवाकोट कोट क्षेत्रपाल माविमा विविध कार्यक्रम साथ मनाएको । त्यस्तैगरी जनज्ञान मावि थापागाउँमा विद्यार्थी दिवस भव्यताका साथ मनाएका समाचार प्राप्त भएको छ । माविस्तर स्ववियु खोसे पनि सम्पूर्ण विद्यार्थीहरुको एकतामा जनज्ञान माविमा पुष्पबहादुर ओझा को अध्यक्षतामा निर्वारोध रुपमा स्ववियु गठन पनि त्यसै दिनको भेलाले गरेको छ ।

यस्तै गरी अखिल सातौं र लीलामणि समूहले संयुक्त रुपमा विद्यार्थी दिवस मनाएको समाचार प्राप्त भएको छ । उक्त दिन काठमाडौंका सडक र गल्ली भरी लाठीधारी प्रहरीहरु राती १० बजेसम्म तैनाथ गरिएकोदेखि विद्यार्थीहरुको जुलुसको प्रतिक्षामा जनता रहेका थिए । तर जुलुसको कार्यक्रम भने विद्यार्थीहरुले नराखेको समाचार प्राप्त भएको छ ।

(नोटः यो समाचार वर्ष १, अंक ३०, २०४१ जेष्ठ ३ गते बुधबारबाट लिइएको हो )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित