क्रान्तिकारी कम्युुनिष्ट पार्टी नेपाल रुकुम पश्चिमले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझायो

काठमाण्डौ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रुकुम पश्चिमले जिल्लाका विभिन्न समस्याहरुको सम्बोधनको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । २०८३ जेठ ४ गते जिल्ला समिति सहित रुकुम जिल्ला इन्चार्ज नारायण भण्डारीको विशेष उपस्थितिमा सो ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा विना विकल्प भूमिहीन सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य बन्द गर्न माग गरिएको छ । किसानकालागि आवश्यक मल ,बीउ ,किटनासक औषधीको व्यवस्था गर्न माग गरिएको छ , जिल्लाका सर्वदलीय बैठकहरुमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई सहभागी गराउन , विभिन्न बहानामा भइरहेको ठगीलाई रोक्न माग गरिएको छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित