दुइ श्रष्टाहरु सम्मानित हुँदै

काठमाण्डौ । साहित्य सदन नेपालले कवि एवम् समालोचक डा. जगदीश चन्द्र भण्डारी तथा कथाकार माया ठकुरीलाई प्रतिवर्ष प्रदान गर्दै आएको गोपाल प्रसाद रिमाल साहित्य पुस्कार २०८३ तथा पारिजात साहित्य सम्मान २०८३ बाट सम्मान गर्ने भएको छ । पूर्व कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ ।कार्यक्रम २०८३ जेठ १७ गते आइतबार साहित्य सदन नेपालको प्रेक्षालय रामहीटि बौद्धमा हुने अध्यक्ष प्राडा हेमनाथ पौडेलले जानकारी गराउनु भएको छ । सम्मान कार्यक्रममा सहभागिताकोलागि सबैमा अनुरोछ गरिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित