काठमाण्डौ । संसारमा बालबालिकाहरुद्वारा सामाजिक संजालको प्रयोग र त्यसबाट बाल मनोविज्ञानमा पर्ने असरको चिन्ता बडिरहेको अवस्थामा मलेशियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको छ । १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न नपाउने व्यवस्था सरकारले गरेको छ ।
साथै, १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता दर्ता गर्न नदिने तथा त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी कम्पनीहरुकै हुनेछ । कम्पनीहरुले खाता खोल्दा अनिवार्य रुपमा उमेर खुलाउनु पर्ने नियम बनाएको छ । यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबलगायत लाखौं प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जालहरूमा लागु हुनेछ । नियमको पालना नगर्ने कम्पनीहरूलाई १ करोड मलेसियन रिंगिटसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ ।
यो भन्दा अगाडि इण्डोनेशिया, अस्ट्रेलिया लगायतले बालबालिकाहरुमा सामाजिक संजाल प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।
मलेशियामा बालबालिकालाई सामाजिक सञ्जालमा रोक
Comments

