होल्डिङ सेन्टरबाट डम्बर तामाङ गिरफ्तार

काठमाण्डौ । कीर्तिपुरको होल्डिंग सेन्टरमा रहेका थापाथलीका सुकुम्बासी डम्बर तामांगलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रेसरका रोगी डम्बर तामांगलाई सिभिलमा गएका प्रहरीले गिरफ्तार गरेको परिवार स्रोतले बताएको छ । उपचार गराइदिने भन्दै होल्डिंग सेन्टरबाट गिरफ्तार गरेको होल्डिंग सेन्टर मै रहेकी उहाँकी श्रीमती गायत्री श्रेष्ठका अनुसार आइतबार साँझ सिभिलमा गएका प्रहरीले डम्बरलाई सोधी खोजी गरेका थिए । विरामी रहेछौं, उपचार गराइदिन्छौं भनेर उहाँलाई लिएर गएका थिए । अस्पतालमा होइन, प्रहरी चौकीमा पुर्याएछन् । तामांगलाई हाल सिंहदरवार प्रहरी परिसरमा राखिएको छ । उहालाई किन पक्राउ गरिएको हो भन्ने बारेमा प्रहरीले केही पनि जानकारी दिएको छैन । दुई छोरी (सात वर्ष र चार वर्ष) र श्रीमतीसहित होल्डिंग सेन्टरमा बस्दै आएका तामांग सुगर र प्रेसरका पीडित हुनुहुन्छ ।कीर्तिपुर होल्डिंग सेन्टरमा भएको सरकारी बेवास्ता र होल्डिंग सेन्टर छाड्न सरकारले दिएको अल्टिमेटमको विरोध गर्दै आउनु भएका तामाङलाई रिहाइ गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाण्डौ र अखिल क्रान्तिकारी सुकुम्बासी संघले जोडदार रुपमा माग गरेको छ । उहाँको गिरफ्तारीले होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई खाली गराउन सरकारले तर्साउने ,थर्काउने र भगाउने नीति लिएको बुझ्न गाह्रो पर्दैन ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित