डम्बर बहादुर तामाङलाई रिहाइको माग गर्दै रिट दायर

काठमाण्डौ । सरकारले होल्डिङ सेन्टरमा रहेका डम्बरबहादुर तामाङलाई विना कारण गिरफ्तार गरेको भन्दै रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ । तामाङको श्रीमती गायत्री माया श्रेष्ठले २०८३ असार १६ रिहाइको माग गर्दै रिट निवेदन दर्ता गराउनु भएको हो । उहाँलाई सादा पोशाकमा गएको प्रहरीहरुले होल्डिङ सेन्टरमा रहेकै अवस्थामा गिरफतार गरेका थिए र प्रहरी परिसर सिंह दरबारमा ल्याइ राखेको निवेदनमा जनाइएको छ ,के कति कारणले वहाँलाई गिरफ्तार गरिएको हो भन्ने अझै जानकारी नआएको पनि निवेदनमा जनाइएको छ । निवेदनमा होल्डिङ सेन्टरमा कयौँ छाक दालमोठ र चिउरा खाएर छाक टार्न बाध्य भएको सरकार गैह्र जिम्मेवार भईसके पश्चात कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका र अन्य विभिन्न ठाउँमा रहेका सुकुम्बासीहरु आन्दोलित हुन पुगेको र यसै क्रममा २०८३÷०३÷ १९ भित्र होल्डिङ सेन्टर खाली गर्न भन्ने सुचना सरकारले निकाली सके पश्चात र आम सुकुम्बासीहरुको हक र वहतका लागी सुकुम्बासीहरुले आयोजना गरेको विरोध कार्यक्रममा म निवेदकको पति माईतीघर मण्डलाको कार्यक्रममा भाग लिन जानुभएको बताइएको छ । निर्वेदक डम्बर बहादुर तामाङलाई बिनाकारण पक्राउ गरी गैरकानुनी थुनामा राखेबाट वैयत्तिक स्वतन्त्रताको हक लगायतका मौलिक हक अधिकार हनन भएकोले तत्काल रिहाइको माग गरिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित