काठमाडौं । देशमा गहिरिंदै गएको संकटपूर्ण राजनीतिक परिस्थितिका बारे राजनीतिक दल, संघसंस्था र नागरिक समाजका अगुवाहरुबीच छलफल शुरु भएको छ।
२०८३ आषाढ १५ गते काठमाडौंको बागबजारमा एउटा छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफलमा पृथ्वी सुब्बा गुरुङ, लोककृष्ण भट्टराई, साध्यबहादुर भण्डारी, सन्तबहादुर नेपाली, प्रेमल खनाल रहनु भएको थियो । नारायण शर्मा पनि उपस्थित हुने भनिएकोमा अर्को कार्यक्रममा जानु पर्दा उपस्थित हुन नसकेको बताइएको छ ।
छलफलमा सहभागीहरुले राष्ट्रिय स्वाधीनता, भूराजनीतिक जटिलता र चुनौती, साम्राज्यवादको गतिविधि, प्रभूत्ववाद, फासिवादको खतरा, दलाल नोकरशाही पुँजीवाद, लोकतान्त्रिक गणतन्त्र माथिको संकट आदि विषयमा आ–आफ्नो विचारहरु प्रस्तुत गरिएका थिए ।
अहिले वाम एकताको चर्चा चलिरहेको भएतापनि बाम नेतृत्वमा देखा परेका कतिपय कमी कमजोरीका कारण विश्वसनीय वातावरण तयार हुन नसकेको हुँदा वाम शक्तिहरु बीच घनिभूत छलफलको आवश्यकता रहेको सहभागीहरुले बताए । अहिले पार्टी एकताका लागि सम्भावना नरहेको भए पनि वामहरुबीच कार्यगत एकता गरेर भए पनि जानुपर्ने सबैको राय रहेको थियो । त्यसका लागि आपसी भेटघाट गर्ने र उचित वातावरण तयार भएमा आ–आफ्ना धारणा सहित सबे वामपन्थी दलहरुबीच अन्तक्र्रियात्मक छलफलको आयोजना गर्ने सबैको विचार रहेको थियो ।
राष्ट्रिय स्वाधीनता प्रतिको चिन्ता
Comments

